सिडियो पौडेलद्धारा गुल्मी कारागार अनुगमन, कैदीबन्दीका समस्यै समस्या

टोपलाल अर्याल
गुल्मी, २४ असोज । गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहित सुरक्षा निकायको टोलीले कारागार कार्यालय गुल्मीको अनुगमन गरेको छ । अनुगमनको क्रममा पौडेलसंग कैदीबन्दीहरुले आफ्ना समस्या र गुनासो राखेका थिए ।

कैदीबन्दीले सुत्न बस्न समस्या भएको, बत्ती, खाने पानीको समस्या, थुनुवा बन्दीहरुको लामो समय सम्म मुद्दा फैसला नहुदा समस्या भएको, दाउरा, तरकारी लगायत खाद्य सामग्रीहरु महङ्गोमा किन्नु पर्दा सरकारले दिने सुविधाले नपुगेको, पुस्तकालयमा पर्याप्त पुस्तक नभएको, टेलिभिजन बिग्रिएको, सोलार पनि बिग्रेका कारण लाइन नहुँदा अध्याँरोमा बस्नु परेको गुनासो गरेका थिए ।

त्यस्तै पौडेलले कारगार कार्यालय रंगरोगनको लागि ३० लिटर रंग उपलब्ध गराएका छन् । उनले समस्या समाधानको लागी आफ्नो तर्फबाट गर्न सकिने काम छिटै गर्ने र अन्य दीर्घकालिन समस्या समाधानको लागी सम्बन्धित कार्यालयमा लेखेर पठाउन कारागार कार्यालयका निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीलाई निर्देशन दिए । २५ जनाको क्षमता भएको कारागार कार्यालयमा अहिले ८३ जना रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ