gulminews logo
शनिबार, २०८१ बैशाख १५

सामाजिक सचेतनामा सक्रिय बन्दै गुल्मी प्रहरी

टोपलाल अर्याल
गुल्मी, २९ पुस । जिल्ला प्रहरी कार्यालय गुल्मी शान्ति सुरक्षासंगै सामाजिक काममा सक्रिए देखिएको छ । प्रहरीले घरेलुहिंसा, लागु औषध, ट्राफिक नियम लगायतका बिषयमा बिद्यालयदेखि समुदायसम्म पुगेर सचेतनामूलक कार्य गरिरहेको छ भने जिल्लाका विभिन्न स्थानमा पुगेर गाँजा फँडानी गरिरहेको छ ।

बिद्यार्थीदेखि अभिभावकलाई लागु औषध बिरुद्धको सचेतना

जिल्ला प्रहरी कार्यालय गुल्मीले लागु औषध विरुद्धको अभियानलाई तिब्रता दिएको छ । जसका लागि प्रहरी कार्यालयले १ पुसदेखि नै लागु औषध विरुद्धको अभियान सञ्चालन गरेको छ । जिल्लाका बिभिन्न स्थानका विद्यालयका बिद्यार्थीहरु र गाउँटोलका अभिभावक, समाजसेवी, आमासमुह, लगायतका समुहहरुबीच लागु औषध दुर्व्यसन विरुद्धमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको छ । तर पहिलो प्राथमिकता भने विद्यालयका विद्यार्थीहरुलाई दिइएको प्रहरीले जनाएको छ ।

एकै स्थानमा धेरै विद्यार्थी जम्मा हुने, विद्यार्थीमार्फत सिकाएका कुराहरु छिटो समाजमा पुग्ने तथा विद्यार्थी स्वयम्लाई पनि त्यसबाट मुक्त गराउन विद्यालयलाई प्राथमिकतामा राखेको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकृत गगां थापाले बताए ।
gulmi police news
अभियानको क्रममा १७ स्कुलका एक हजार नौ सय ७० जना बिद्यार्थी र १७ स्थानकै छ सय १५ जना अभिभावकहरुलाई प्रशिक्षण दिइएको उनले बताए । लागु औषधको परिचय, प्रकार, लागु औषध अपराध सम्बन्धी दण्ड सजाय र कानुनी ब्यवस्था लगायतका विषयहरु प्रशिक्षणमा दिइएको थियो । त्यस्तै लागु औषध दुर्व्यसनबाट पर्ने असरहरु, दुर्व्यसनमा फस्ने कारणहरु तथा लागु औषध अपराध रोकथाम तथा नियन्त्रणमा परिवार र समाजको भुमिका लगायतका विषयका बारेमा जानकारी दिइएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुरागकुमार द्धवेद्धिले बताए । साथै समुदायमा महिला समुहहरुलाई घरेलु हिंसाका बारेमा जानकारी गराएको उनले बताए ।

सडकमै ट्राफिक सचेतना

जिल्ला ट्राफिक कार्यालयले गुल्मीका विभिन्न सवारी चालकहरुले सडकमै एक घण्टा प्रशिक्षण दिने अभियान थालेको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयले सड्कमै सवारी सचालकलाई सचेतनामुलक प्रशिक्षण दिइरहेका छन् । यो अभियान निरन्तर जारी रहको छ । सदरमुकाम तम्घासका चोक गल्ली र ग्रामिण इलाकामा समेत सवारी चालक, सवारी धनी र सर्बसाधरणलाई ट्राफिक नियमका बारेमा सचेतना कक्षा दिइएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका जवान भरत गुरुङ्गले जानकारी दिए ।

कार्यालयले ‘ट्राफिक नियम जानौ र मानौ आफु पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सचेतना अभियान सुरु गरेको हो । तिब्र गतिमा सवारी चलाउँदा हुने क्षती र बढ्दो दुर्घटना न्यूनिकरणका प्रयासका बारेमा प्रशिक्षण संचालन गरिएको ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक डोरबहादुर थापाले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D