gulminews logo
मंगलवार, २०८० चैत्र ६

सांसद बनेर जुत्ता लगाएको छु तर मेरो चिन्ता खुट्टामा चप्पल लगाउन नसक्नेहरुप्रति छ : पूर्व मन्त्री विष्ट

गुल्मी, १५ मंसिर । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा सांसद गोकर्ण विष्टले विगतमा आफूले डोकोमा नुन बोकेर खाएको सम्झनु भएकाे छ ।

इस्मा गाउँपालिका वडा नम्बर ४ दोहलीस्थित १५ शैयाको अस्पतालको शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आफ्नाे विगत सम्झनु भएकाे हाे । ‘त्यहीँ देउरालीको डाडो हो मैले सानोमा गाई चराउने, यहाँ मेरा दौँतरी पनि हुनुहुन्छ,’ नेकपा नेता विष्टले भन्नुभयाे, ‘ म सांसद बनेँ, मन्त्री पनि बनेँ तर म तपाइँको भाइ छोरा हुँ ।’

पूर्वमन्त्री विष्टले आफूले जुत्ता लगाए पनि आफ्नो चिन्ता भने खुट्टामा चप्पल लगाउन नसक्नेहरुप्रती भएको बताउनुभयो । ‘मैले बिर्सेको छैन म आफैले गौडाकोट बाट डोकोमा नुनु बोकेर खाएको, मैले बिर्सेको छैन तपाईंहरुसँग दाउरा-घाँस गरेको,’ भावुक हुँदै विष्टले भन्नुभयाे, ‘अहिले म सांसद बनेर जुत्ता लगाएको छु तर मेरो चिन्ता खुट्टामा चप्पल लगाउन नसक्नेहरु प्रती छ ।’

उहाँले २०५६ सालको चुनावी घोषणा पत्रको स्मरण गर्दै भन्नुभयाे-‘मैले निस्तेखोला फर्काएर इस्मावासीलाई पानी खुवाउने छु भन्दा विपक्षीले मेरो खिल्ली उडाउथे, आखिर हेर्नुस त त्यहीँ खाेलाको पानी खुवाइएन त ?’ इस्मा खानेपानी योजना ७२ किलो मिटर रहेको उहाँले बताउनुभयाे ।

उहाँले गुल्मी क्षेत्र नम्बर २ को विकासले गति लिइसकेको र यसै कार्यकालभित्रै जनताले अपेक्षा गरेभन्दा अझ राम्रो विकास गर्ने पनि बताउनुभयाे । कार्यक्रममा प्रदेश सांसद तथा नेकपाका केन्द्रीय सदस्य दिनेश पन्थीले पनि मन्तव्य राख्नुभएकाे थियाे । -न्युज 24 डट कम

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D