gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

सरकार सय मिटर दौडिएर थाक्दैन: मन्त्री बिष्ट

टोपलाल अर्याल
गुल्मी, १६ कार्तिक । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले अहिले सरकार म्याराथुनको दौडमा निस्किएकाले सय मिटर दौडिएर नथाक्ने बताए । उनले नयाँ संविधान र संघियताको कार्यान्वयनसंगै तीन तहको निर्वाचन, त्यसको व्यावस्थापन तथा कानुन निर्माण लगायतका काम मार्फत यो समयमा भएकाले अबको निकास समृद्धि र विकास भएको बताए ।

मालिका गाउँपालिका ८ मरभुङ्ग सिमलटारीको स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै मन्त्री बिष्टले आफुहरु अहिलेसम्म सरकारको जग निर्माणकै प्रक्रियामा रहेकाले अबको बाँकी काम जनपक्षिय विकास भएको बताए । साथै उनले आफ्नो मन्त्रालयले केहि दुरगामी र एतिहासिक निर्णय र योजना निर्माण गरेकाले अबको केहि बर्षमा श्रम बेच्न बिदेश भौतारिनु नपर्ने बताए । त्यस्तै उनले कानुन र सरकार कडा ढंगले प्रस्तुत नभए विकास चाहाना मात्रै हुने बताए ।

गुल्मी क्षेत्र नं २ का सांसद समेत रहेका बिष्टले खुकुलो व्यावस्थाका कारण ठेकेदारले सरकारबाट पेश्की लिएर पनि काम नगर्ने गरेको बताए । ‘देशमा धेरै योजना ठेकेदारको लाप्रबाहिले अलपत्र छन्,’बिष्टले भने,‘काम गर्न दवाव दिए उनीहरुनै अदालत पुग्छन् ।’ गुल्मी र प्युठान जोडने तम्घास–सिमलटारी–प्युठान सडक र धुर्कोट सव स्टेशनको काम गराईलाई उदाहरण दिएर उनले काम समयमै नसक्ने निर्माण व्यावसायीलाई सरकारले कानुन परिवर्तन गरेर भएपनि कारबाहि गर्ने बताए । साथै आफ्नो गाउँपालिकामा भएको विकास निर्माणको अवस्थाको बारेमा अनुगमन नगर्ने तथा दवाव सृजना नगर्ने जनप्रतिनिधी र राजनैतिक नेतृत्वप्रति आपत्ति प्रकट गरे । उनले तम्घास–सिमलटारी–प्युठान सडकको कामले आफुलाई चिन्तित बनाएको बताए ।

मन्त्री बिष्टले मरभुङ्ग सिमलटारीको स्वास्थ्यचौकी जस्ता धेरै स्वास्थ्यचौकी आफ्नो क्षेत्रमा निर्माण भैरहेको बताउँदै अव बाँकी केहि गाउँमा पनि भवन निर्माण गरिने बताए । मरभुङ्ग स्वास्थ्यचौकी २ करोड ४२ लाखको लागतका २०७२ सालमा सम्झौता भई निर्माण भएको थियो । श्रेष्ट कन्र्टशन तम्घास गुल्मीले निर्माणको जिम्मा पाएको थियो । समयमै भवन निर्माण गरेको भन्दा निर्माण कम्पनीका प्रमुख हरि कुमार श्रेष्टलाई मन्त्री बिष्टले सम्मान समेत गरेका थिए । कार्यक्रममा प्रदेश नं पाँचका सांसदहरु खडग केशी, दिनेश पन्थी लगायत जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D