अनिल खत्री
१३ बैशाख, गुल्मी । नेपालर सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलले रकारले अरिङगालको गोलामा हात हालेको बताएका छन् । नेपाली सेनाद्धारा निर्माणधिन कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी, पूर्तिघाट, बाग्लुङ्ग सडकको चौडा पार्ने कामको रिडीमा सुभारम्भ गर्दै केहि दिन अरिङगाल भुनभुनाउन थाल्लान मन्त्री ज्ञवालीलले भने ‘जनतालाई हरेक क्षेत्रमा सुबिधा पाउने अधिकार छ हरेक क्षेत्रमा देखा परेका बेथिति अत्य गर्नेछौं ।’
सरकारले यातयात व्यावसायिकको सिन्डीकेट बिरुद्धको निर्णय बारे बोल्दै मन्त्री ज्ञवालीले सरकारले बिधिको शासनलाई कढाइको साथ कार्यन्वयन गर्न लागि रहेको बताए । उनले सरकारले अरिङगालको गोलामा हात हालेको बताए । केहि दिन अरिङगाल भुनभुनाउन थाल्लान मन्त्री ज्ञवालीलले भने ‘जनतालाई हरेक क्षेत्रमा सुबिधा पाउने अधिकार छ हरेक क्षेत्रमा देखा परेका बेथिति अत्य गर्नेछौं ।’
नेपाली सेनाले निर्माण गर्न लागेको सडकको बिहिवार रिडी गुल्मीमा एक कार्यक्रमका बिच परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सुभारम्भ गरेका हुन् । नेपाली सेनाद्धारा निर्माणधिन कालिगण्डकी करीडोर सडकको १० किलो मिटर सड्क चौडा पार्ने काम सुभारम्भ भएको जानकारी गराउँदै मन्त्री ज्ञवालीलले नेपाली सेनाले तोकिएको समयमा सडकको काम पुरा गर्नेमा आशा वादी रहेको बताए । उनले यो करिडोरलाई पुरा गर्न उच्च प्रथामिकता दिन मित्र राष्ट्र चिनलाई आग्रह गरेको बताए ।
करीडोरको ट्याक पुरा भएपछी बाहिर सहयोग जुटाएर सड्कलाई स्तर उन्नती गरिने बताए । मन्त्री ज्ञवालीलले अब देश नयाँ युगमा पसेको बताए । जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएकाले देशमा छिटो आर्थिक बिकास खोजेको बताए ।
जनादेश अनुसार सरकारले समृद्ध नेपाल सुखि नेपाली नारा अगाडी ल्याएर कामहरु गर्न लागेको बताए । ज्ञवालीले नेपाललाई सन २०२२ सम्म अति अल्प बिकशित देशको दर्जाबाट माथी उठाउने, सन २०३० सम्म सयुक्त राष्ट्रसंघले अघि सारेका दिगो लक्ष्यपुरा गरेर नेपाललाई मध्य आय भएको देशमा पुर्याउने लक्ष्य राखेको बताए ।
त्यसका निम्ती कतिपय अबरोध आउलान तर सरकार पछी हटने वाला छैन् मन्त्री ज्ञवालीलले भने ‘सरकाले नेपाली जनताको सुख र राष्ट्र हित जोगाउन आउने अबरोध हटाउन जनताको साथ छ ।’ समाज परिर्वतन गर्नको निम्ती राम्रो समाज निार्मण गर्नको निम्ती शिक्षा सबै भन्दा महत्वपूर्ण भएकाले सार्बजनिक शिक्षाको गुणस्तरमा बढाउन सुधारात्मक काम गर्न र गरिब असाय बिद्यार्थीको अभिभावकत्व लिएर शिक्षामा परिर्वतन गर्न चाहेको बताए ।
नेपालले सबै मित्र राष्ट्रहरुसँग मित्रतालाई कायम राख्दै नेपालको हितलाई प्रथामिकतामा राखेर अगाडी बढने बताए । नेपालको कुनै देशसँग भहिरभाव नभएको बताए । मन्त्री ज्ञवालीलले शान्ति सदभाव कायम राख्दै सबै मित्रहरुसँग अगाडी वढन चाहेको बताए । उनले सबैमित्रहरुसँग सहयोगको हातेमालो गर्न चाहेको बताए ।
कुनै देश धनि होलान ठुला होलान वा सम्पन्न या बिपन्न तर देश सबै देशको सार्वभोम सत्ता र राष्ट्रिय स्वभिमान बराबर रहेको बताए । ठुलो देशको ठुलो राष्ट्रिता र सानो देशको सानो राष्ट्रियता नहुने मत्रिराष्ट्रहरुलाई भनेको बताए । मन्त्री ज्ञवालीले बिश्वमा नेपालको छबिलाई उज्याले बनाउने चम्बाउने पक्षमा लागि रहेने बताए ।
अब छिट्टै देशका २ ठुला बामपन्थी एकिकरण हुने बताए । उनले २ पार्टीको एकताले जनताको एकता राष्ट्रियताको एकतालाई बलियो बनाउने बताए । एकताको प्रक्रिया सहिबाटोमा चलिरहेको बताए । एकिकरण नहुन धुपहाल्नेहरुको सपना पुरा नहुने भएकाले जनताको एकताको पक्षको मतलाई कदर गर्दै एकिकरण गरेर छिट्टै खुसिको सन्देश जनताले सुन्न पाउने बताए ।
कालिगण्डकी करीडोर अन्र्तगत रिडी रुद्राबेनी,पूर्तिघाट,बाग्लुङ्ग सडकको चौडा पार्ने काम नेपाली सेनाले १० करोडमा जिम्मा लिएको कालिगण्डकी करिडोर सडक निर्माण कार्यदल संयोजक कर्नेल रेश्मीराज भट्टाईले बताए । सेनाले अहि आउदो असार मसान्त सम्मा उक्त सड्क खण्डको रुद्रबेनी सम्मको सड्कलाई चौडा पारेर १० मिटरको बनाउने भट्टाईले बताए ।
हाल ७ मिटरको रहेको ट्याक रहेको सड्क चौडा पारेर १० मिटरको बनाईदैँ छ । सेनाले यस अघि करिडोर अन्र्तगत रिडी पालुङ्गखोला खण्ड ४२ किलोमिटर र बाग्लुङ्गको मालढुङ्गा टाकुर पालुङ्ग खोला ३८ किलोमिटर गरि करिव ८० किलोमिटर सड्कको ट्याक सेनाले नै खोलेको थियो । करिडोर निर्माणको लागि गुल्मीमा ०७० सालमा श्री कालिगण्डकी करीडोर सडक निर्माण कार्यदल गठन गरेका सेनाले सडक निर्माण गर्दै आएको छ ।