gulminews logo
मंगलवार, २०८० चैत्र ६

सम्झनाको हत्या गरेर बोरामा फाल्ने खत्रीलाई जन्मकैदको फैसला

टोपलाल अर्याल
गुल्मी, २८ मंसिर । जिल्ला अदालत गुल्मीले रेसुंगा नगरपालिका ३ भाडगाउँकी २१ बर्षीया सम्झना बोहोरालाई हत्या गरेर बोरामा फाल्ने ४७ बर्षीय लाल बहादुर खत्रीलाई जन्मकैदको फैसला गरेको छ । न्यायधिश राधाकृष्ण उप्रेतीले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग माग दावि बमोजिम जन्दकैद फैसला गरेको अदालतका फैसला कार्यान्वय अधिकृत रामबहादुर कुवंरले जानकारी दिए ।

सम्झना २९ माघ ०७७ देखि परिवारको सम्पर्कमा थिइनन् । उनी हराएको दुई दिनपछि सासु टोमकला खत्रीले आत्महत्या गरिन् । परिवारले बेपत्ता बुहारीको खोजि र टोमकलाले आत्महत्या बुहारी र माइतीले मानसिक तनाव दिएर गरेको भन्दै प्रहरीमा दुरुत्साहनको मुद्धा समेत दर्ता गरे । प्रहरी प्रशासन घेराउ र नाराबाजी भए । प्रहरी प्रमुखको सरुवा भयो । अनौठो कुरा त आन्दोलनको नेतृत्व अभियुक्त खत्रीले गरेका थिए । अन्तत बेपत्ता भएको १९ दिनपछि बोहोराको शव घर नजिकको झाडीमा फेला प¥यो ।

खत्रीका शंकास्पद थुप्रै गतिविधी, गाउँमा गरेको पुराना काण्ड, कल डिटियल्स र स्थानीयको सूचनाका आधारमा प्रहरीले खत्रीलाई शब फेला पर्ने बित्तिकै पक्राउ गरेर सार्वजनिक ग¥यो । मृतक बोहराका ससुरा ५९ बर्षीया गणेश खत्रीले लाल बहादुर बिरुद्ध १८ फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिए ।

अदालतले खत्रीलाई १३ चैतमा पुर्वक्षको लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D