Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
समाजसेवी थापाको सहयोगमा ओडारमा बसेका दमाई परिवारलाई घर हस्तान्तरण - Gulminews

समाजसेवी थापाको सहयोगमा ओडारमा बसेका दमाई परिवारलाई घर हस्तान्तरण

कौरव खत्री
बागलुङ, २५ कार्तिक । बागलुङको बडिगाड गाउँपालिका वडा नं ६ स्थित एक ओडारमा कष्टकर जीवन बिताई रहेका परिवारलाई समाजसेवी लिल बहादुर थापाले आफ्नो व्यक्तिगत खर्चमा घर निर्माण गरि दिनुभएको छ ।

केही समय अगाडी ओडारमा बसेका जुना दमाईको परिवारलाई उहाँले व्यक्तिगत खर्चमै जग्गा खरिद गरि लाल पुर्जा हस्तान्तरण गर्नुभएको थियो । उक्त जग्गाको घडेरीमा घर बनाई थापाले दमाई परिवारलाई शुक्रवार नँया घर हस्तान्तरण गर्नुभएको छ । साथै घरको आर्थिक अवस्था निकै कमजोर रहेका दमाई परिवारलाई थापाले आफ्नो एक लगानीमा हालसम्म कोठा भाडामा राख्नुभएको थियो । घर हस्तान्तरण कार्यक्रम पश्चात जुना दमाईले आफ्ना जीवनमा भगवानको रुप लिएर थापा आउनुभएको बताउनुभयो । उहाँले आफुले कहिले पनि ओडारबाट फेरी घरसम्म जान पाईएला भनेर कल्पना पनि नगरेको भन्दै थापालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा बोल्दै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले सिगों राज्यले निभाउनुपर्ने जिम्मेवारी लिल बहादुर थापाले स्वम्ं एक्लैले गरेको भन्दै यो नेपालमै पहिलो पटक आफुले देखेको बताउनुभयो । उहाँले पिडित नागरिकहरुको अवस्थाका बारेमा चित्रण गरी लिल बहादुर थापा जस्ता दानवीर व्यक्तिहरु जुटाएर यति ठुलो पुण्य कर्म गरेको भन्दै जिटिभि नेपाललाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन बनले जुना दमाईको परिवारलाई लालपुर्जा हस्तान्तरण कार्यक्रममा आफु पनि सहभागी भएको स्मरण गर्दै थापा बाँकेको मान्छे भएर पनि बागलुङको ग्रामीण क्षेत्रमा गरिब परिवारलाई घर निर्माण गरिदिए लाखौँ पूण्य काम गर्नुभएको बताउनुभयो । साथै उहाँले पूण्य कमाउन पुजाआजा गर्नेभन्दा पनि यस्ता दुखी र गरिब परिवारहरुलाई सहयोग गर्न सके वास्तविक पुण्य हुने समेत बताउनुभयो । आफुलाई सुन्दा पनि चलचित्रको कथा वस्तु लागेको भन्दै उहाँले राज्यले लिल बहादुर थापा जस्ता व्यक्तिहरुलाई सम्मान गर्न सक्नुपर्ने समेत बताउनुभयो ।
बडिगाड गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले दानवीर लिल बहादुर थापा जस्ता व्यक्तिहरु अझै प्रत्येक ठाउँमा हुन सकेमा कोही पनि दुखी गरिब भएर बस्नुनपर्ने बताउनुभयो ।

त्यस्तै बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले आफ्नै वडाका नागरिकहरुले घर पाउँदा आफुलाई पनि खुसी लागेको भन्दै लिल बहादुर थापा एक्लैले सिगों गाउँपालिका र स्थानीय सरकारलाई समेत शिक्षा दिनुभएको बताउनुभयो । वडाध्यक्ष आचार्यले सोही अवसरमा जुना दमाईका छोरा छोरीलाई भानु माध्यमिक विद्यालयमा अध्ययन खर्चको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं ५ का पूर्व वडाध्यक्ष अर्जुन प्रसाद खरेलले धन आर्जन र धनी व्यक्तिहरु यो देशमा भएपनि लिल बहादुर थापा जस्ता दानवीर व्यक्तिहरु भने थोरै मात्र हुने भन्दै व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने यो महान कार्य गर्नुभएको भन्दै उहाँप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय बदनामी बनेको पत्रकारितालाई जिटिभि नेपालमा कार्यरत पत्रकारहरुले चुनौती दिएको भन्दै यस्ता पत्रकारहरुको समाजमा खाँचो रहेको बताउनुभयो ।

घरको आर्थिक अवस्था निकै कमजोर भएका दमाई परिवारको जिटिभी नेपालका सञ्चालक दिपक नेपालीले सञ्चालन गरेको कार्यक्रम संघर्षका कथा मार्फत प्रशारण भएको भिडियो सामाग्री देखेर र सुनेर थापाले घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै ४ जनाको परिवार सहित बस्दै आउनु भएका वृद्धा चाउरे दमाईले घर पाएपछि गहभरी आँसु झादै आफूहरुको लागि साँच्चै नै जिउँदो भगवान बनेर लिल बहादुर थापा आएको भन्दै खुशी व्यक्त गनुभयो ।

घर हस्तान्तरण कार्यक्रममा जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले जिटिभि नेपालले उठाएको विषयलाई हेरेर घर नै निर्माण गरि दिनुभएको भन्दै थापाप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले यो अभियानमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने सम्पूर्णलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D