gulminews logo
बुधबार, २०८१ बैशाख १२

समाचार प्रभाव: महोत्सबका लागि बन्द गरिएको महेन्द्र आदर्श माबी संचालन हुने

टोपलाल अर्याल
गुल्मी, १९ माघ । मुसिकोट महोत्सबका लागि बन्द गरिएको महेन्द्र आदर्श माबी संचालन हुने भएको छ । मुसिकोट नगरपालिका-७ मा रहेको महेन्द्र आर्दश मावि संचालन हुने भएको छ । विद्यालयले मुसिकोट महोत्सवलाई केन्द्रित गरी स्थानीय बिदासहित १५ माघदेखि २६ गतेसम्म विद्यालय बन्द गरेको थियो ।

गुल्मीन्युज डट कम सहितका संचार माध्यममा ‘ मुसिकोट महोत्सव गर्न एक साता बिद्यालय बन्द, ९ सय बिद्यार्थीको पढाई प्रभावित’ शीर्षकमा समाचार प्रकाशन भएको थियाे । समाचारकाे प्रभावले महेन्द्र आदर्श माविले सार्वजनिक सुचना प्रकाशन गरी संचालन गर्ने निर्णय गरेको छ । विद्यालयका निमित्त प्रध्यानाध्यापक मृगेन्द्र रिजालद्वारा हस्ताक्षरित सुचनामा २१ गतेदेखि विद्यालय संचालन हुने जानकारी दिएकाे छ । यसका लागि सबै शिक्षक र विद्यार्थीलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

आइतबार विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनबीचको बैठकले २१ माघदेखि बिहान साढे ६ बजेबाट कक्षा संचालन गर्ने निर्णय गरेको रिजालले बताए । महोत्सव पनि संचालन गर्ने र पढाई पनि प्रभावित नहुने गरि बिद्यालय संचालन गर्ने विषयमा अझै छलफल बाकी रहेको प्रध्यानाध्यापक बुद्धि प्रसाद सापकोटाले बताए । विद्यालय नगरकै सबैभन्दा ठूलो र महत्वपूर्ण शिक्षालय हो । विद्यालयमा ४२ जना सिभिल इन्जिनियरिङ्गका विद्यार्थीसहित नौ सय जनाले अध्ययन गर्दै आएका छन् ।

विद्यालय नजिक ‘मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक तथा व्यापार महोत्सव’ संचालन भएपछि बन्द गरिएकाे थियाे । गुल्मीन्युज डट कमले विद्यार्थीको पक्षमा आवाज उठाएको भन्दै धन्यवाद स्थानीयले दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D