gulminews logo
शुक्रबार, २०८० चैत्र १६

समाचार प्रभाव : मकै किसानले पाए विषदी

हुमाकान्त पोखरल
गुल्मी, २६ जेठ । गुल्मिन्युज डट कममा समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, मकै जोन गुल्मीले मकै किसानका लागि विषादी वितरण गरेको छ । गबारो, फौजी र अमेरिकन फौजी किराले मकै खेतीमा क्षति पुग्न थालेपछि त्यससम्बन्धि समाचार गुल्मिन्युज डट कममा जेठ १८ गते प्रकाशन भएको थियो । त्यसलगत्तै परियोजनाले परियोजना लागु भएका क्षेत्र तथा अन्य क्षेत्रमा समेत किरा नियन्त्रण गर्ने बिषदी वितरण गरेको हो ।

परियोजनामा यस आर्थिक बर्षमा बालीमा लाग्ने रोग–किरा नियन्त्रणको लागि बजेट विनियोजन भएको थिएन । तर अन्य शिर्षकमा भएको रकम कटौती गरि त्यसैबाट बिषदी खरिद गरी किसानलाई निःशुल्क बिषदी प्रदान गरिएको परियोजनाका कृषि अधिकृत समिर मगरले जानकारी दिए । ‘माटो तथा बाली संरक्षण’ शिर्षकमा कुल एक लाख ५० हजार रकम थियो । नेपालगञ्जबाट प्राविधिक ल्याई माटो परिक्षण गर्नुपर्नेमा लकडाउनले उक्त कार्यक्रम भएन । त्यसैबाट एक लाख १९ हजार तीन सयको बिषदी परियोजनाले खरिद ग¥र्यो । यस बर्षको बजेटमा उन्नत प्रविधि प्रदर्शन शिर्षकअन्तरगतको ३३ हजार एक सय तथा मकै जोन संचालक समितिको खाताबाट १८ हजार ३३० को बिषदी खरिद गरी जिल्लाका विभिन्न स्थानका कृषकलाई कुल एक लाख ७० हजार बराबरको औषधी वितरण गरिएको मगरले जानकारी दिए ।

हजार कृषक लाभाम्बित

मकै जोन परियोजना जिल्लाका पाचँ वटा स्थानीय तहका १९ वटा वडामा लागु भएको छ । तर उक्त किराको प्रकोप अन्य ठाउँमा पनि देखिएको थियो । जसले गर्दा परियोजनाले परियोजना लागु भएको क्षेत्रभन्दा बाहिरका कृषकहरुका लागि पनि बिषदी वितरण गरेको छ । इस्मा गाउँपालिकामा एक हजार ४८० रोपनी, रेसुङ्गा नगरपालिकामा ६५० रोपनी, धुर्कोट गाउँपालिकामा ३६२ रोपनी जग्गालाई पुग्ने बिषदी वितरण गरिएको हो ।

त्यस्तै मदाने गाउँपालिकामा ६७० रोपनी र मालिका गाउँपालिकामा २८९ गरी तीन हजार ७८३ रोपनी अर्थात १८९.१५ हेक्टर जमिनलाई पुग्ने विषदी वितरण गरिएको परियोजनाका बरिष्ठ कृषि अधिकृत नारायण काफ्लले जानकारी दिए । कुल ३७ वटा कृषक समुह, आठ ओटा कृषि सहकारी र तीन ओटा निजि फर्मलाई बिषदी प्रदान गरिएको छ । त्यसका साथै परियोजना लागु नभएका क्षेत्र मुसिकोट नगरपालिका तथा गुल्मीदरबार गाउँपालिकाका कृषकहरुलाई समेत निशुल्क बिषदी वितरण गरिएको छ । यसरी परियोजनामा समावेश भएका ७५८ र नभएका २५० गरी एक हजार ५८ कृषक लाभाम्बित हुनेगरी बिषदी प्रदान गरेको अधिकृत काफ्लेले जानकारी दिए ।

किसान खुसि

रेसुङ्गा नगरपालिका ५ का बाबुराम खनालले १० रोपनी जग्गामा मकै लगाएका छन् । केहि समय पहिले गबारो र फौजी किराले धेरै क्षति पु¥र्याएको थियो । यदि मकैमा कुनै बिषदी प्रयोग नगरेको भए मुस्किलले आठ क्विन्टलजति मकै उत्पादन हुन्थ्यो । तर अहिले बिषदी प्रयोग गरिसकेपछि १२ क्विन्टलजति मकै फल्ने अनुमान उनले गरेका छन् । ‘मेरो मात्र नभएर सबैको समस्या एउटै थियो, समाचार आइसकेपछि परियोजनाले निःशुल्क बिषदी दियो ।’ उनले भने, ‘किराको प्रकोप कमजोर भएको छ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D