gulminews logo
शनिबार, २०८१ बैशाख ८

समन्वय प्रमुखमा खत्री र न्यौपानेको उम्मेदवारी

हुमाकान्त पोखरेल
गुल्मी, ३० जेठ । जिल्ला समन्वय समिति गुल्मीको प्रमुख पदको लागि दुई जनाको उम्मेदवारी परेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दोर्ण खत्री र नेकपा एमालेको तर्फबाट युवराज न्यौपानेको उम्मेदवारी परेको हो । गठबन्धनको तर्फबाट उप–प्रमुखमा माओवादी केन्द्रका तेजेन्द्र सलामीले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरुमा महेश्वर भण्डारी, शेर बहादुर विक, सुनिता जिसी कँुवर, शेर बहादुर कुँवर, सावित्रा भण्डारी, विर बहादुर कार्की र निरमाया रानाले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये कार्की र कुँवर माओवादी केन्द्र, भण्डारी समाजवादी एवम् राना जनमोर्चाको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । अर्थात समन्वयमा गठबन्धनको तर्फबाट काँग्रेसले प्रमुखसहित चार, माओवादीले उप–प्रमुख सहित तीन र समाजवादी र जनमोर्चाले एक÷एक सदस्यमा उम्मेदवारी दिने सहमति भएको माओवादी केन्द्रका संयोजक बुद्धि जिसीले जानकारी दिए ।

एमालेको तर्फबाट उप–प्रमुखमा रमादेवी पुनले उम्मेदवारी दिएकी छिन् । त्यस्तै सदस्यहरुमा पिताम्बर अर्याल, कृष्ण प्रसाद भण्डारी, ज्ञान प्रसाद श्रेष्ठ, सागर नेपाली, ममत सुनार आत्रेय, कल्पना अधिकारी र बिमला पन्थीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमबार दुवै पक्षका उम्मेदवारहरुले गुल्मी जिल्ला अदालतमा उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिए । समन्वय समितिका पदाधिकारीहरुको लागि असार १ गते निर्वाचन हुनेछ । जसका लागि मंगलबार कार्यालयले उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन–पत्रको जाँच र उजुरी उपर निर्णय लिने, उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम राखेको कुँवरले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D