सबैलाई शोकमा डुबाउँदै एकै गाँउका यी तीन बालकहरु कहाँ हराए ?

टोपलाल अर्याल
गुल्मी, ३ पुस । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटदहका तीन जना बालक बेपत्ता भएका छन् । तीन दिनदेखि बालकहरु कतै नभेटिएपछि परिवार शोकमा डुवेको छ । राम बहादुर घर्तिको छोरा ११ बर्षिय छोरा दिपक बहादुर घर्ति, खिम बहादुर पुनको छोरा ११ बर्षिय छोरा धन बहादुर र नौ बर्षिय प्रेम पुन हराएका छन् ।

दिपक र धन बहादुर तथा प्रेम मामा भान्जा हुन् । उनीहरु १ पुसबाट हराएका छन् । दुई भाई २७ मंसिरमा आफुसंगै मामाघर पुर्कोट डढुवा गएका थिए । आफु उतिवेला नै फर्केर आएपनि छोराहरु मामाघरमै बसेको बालकका बुवा खिम बहादुर पुनले बताए ।

‘म बिबाह सकेर फर्किए, उनीहरु मामा घरनै बसे,’उनले भने,‘ मैले उतै छन् भनेर बसे तर मामासंग हिड्ेछन् ।’ मामा दिपक घर्ति र भान्जा धन बहादुर पुनले धाराचौर प्राविमा कक्षा चारमा अध्ययन गर्छन् । भने प्रेम पुनले कक्षा तीनमा अध्ययन गर्दै आएका छन् ।

तीन दिनसम्म सवै आफन्तकोमा खोज तलास गरेपनि पत्तो नलागेकाले सोमबार इलाका प्रहरी कार्यालय पुर्कोटदहमा जाहेरी दिएको खिम बहादुरले बताए । घरका दुवै सन्तान एकैचोटी हराएकाले आफु मानसिक रुपमा समेत बिक्षिप्त भएको उनले बताए ।

साथै पुर्कोटदह अन्य जिल्लाकाको समेत नाका भएकाले बच्चाहरुलाई बेच्न लैजान सक्ने तर्फ सचेत भएर खोजी गरिदिन प्रहरी प्रशासनलाई आग्रह गरे ।

त्यस्तै आज मात्र आफ्नो कार्यालयलाई जानकारी आएकाले तत्काल मातहतमा जानकारी गराईसकेको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रमुख प्रहरी नायव निरिक्षक अशोक कुमार श्रीवास्तवले बताए ।

धन बहादुर बहादुर पुनले जिन्स पाइन्ट, सेन्डील र पाटे सट, प्रेमले जिन्स पाइन्ट, सेन्डल र कालो जकेट लगाएका छन् । भने मामा दिपक खुट्टाको अपाङ्ग रहेको परिवार स्रोतले बताएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ