गुल्मी, ६ पुस । सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं. ३ का धन बहादुर झाँक्रीको परिवारलाई विमांक १० लाख, किरिया र अन्य खर्च वापतको एक लाख गरेर ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीका प्रमुख सन्तोष कुवंर क्षेत्रीले जानकारी दिए ।
झाँक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत थिए । उनको गत बैशाखमा घर आएको बेला (Cardio–Pulmonary arrest) बाट मृत्यु भएको थियो । मंगलबार कम्पनीले रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल मार्फत धन बहादुरकी श्रीमती कविता राना झाँक्रीलाई ११ लाखको चेक प्रदान गरेको छ ।
चेक हस्तान्तरण गर्दै मेयर भुसालले रकमको सहि सदुपयोग गर्न आग्रह गरे । उनले बिमा कम्पनीले प्रक्रियामा सहजीकरण गर्दै भुक्तानी हुने रकमको अधिकतम सदुपयोग हुने स्थितीलाई समेत ख्याल गर्नुपर्नेमा जोड दिए । बिमाको मृत्यु दावी भुक्तनी बुझ्दै धन बहादुरकी श्रीमती कविता रानाले बिमाल् शोकलाई शक्तिमा बदल्न सहयोग गरेको प्रतिक्रिया दिइन् । ‘नियतीले श्रीमान गुमाइयो । तर, मान्छेसंग पैसाको तुलना कसरी गर्नु,’उनले भनिन,‘पीडा सहन र छोरीको लागि बिमाले ठुलो गुन ग¥यो ।’ उनको आठ बर्षकी छोरी रहेकी छन् ।
सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.०७५ सालबाट गुल्मीमा कार्यालय स्थापना गरेर जीवन बीमाको सेवा उपलब्ध गराई रहेको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ शुरुदेखिनै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । भने जिल्लाका अरु विभिन्न स्थानमा शाखा बिस्तारको योजना बनाइरहेको इन्स्योरेन्स गुल्मीका प्रमुख कुवंरले जानकारी दिए ।
कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सन नेपाल लाईफ इन्स्योरेन्सले ०७४ सालबाट सामाजिक सेवा दिवसको अवसरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको हो । कार्यक्रममा मेयर भुसालसहित वडाध्यक्ष, अभिकर्ता र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।