सनराईज युवा क्लबको आठौं खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

गुल्मी, २ कार्तिक । द सनराईज युवा क्लबको आठौं खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।आइतबार देखि सुरु भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

असोज ३० गते भलिबल प्रतियोगिताको समुदघाटन सँगै ३१ गते भलिबल खेल संचालन गरिएको थियो । यस्तै कार्तिक १ गते अन्य विविध साँस्कृतिक कार्यक्रम गरी सम्पन्न गरिएको छ । क्लबका अध्यक्ष विवश विष्टको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथिमा मदाने गाउँपालिका १ अग्लुङ्गका वडा अध्यक्ष सुशील चन्द रहनुभएको थियो । विशिष्ट अतिथिमा वडा सदस्य द्वय भगत चन्द,युवराज चन्द तथा क्लबका संरक्षक लालबहादुर विष्ट,सल्लाहकार बालकृष्ण चन्द लगायत रहनुभएको थियो ।

भलिबल खेल अन्तर्गत प्रथम स्थान न्यु प्रगतिशिल युवा क्लब हासिल गरेको भने दोस्रो र तेस्रो क्रमश: मदाने भलिबल क्लब र न्यु जेनेरेशन युवा क्लब रहेका छन । यस्तै नृत्य तर्फ सरगम सञणजाल युवा क्लब प्रथम तथा दोस्रो ग्रामीण सचेतना बाल क्लब र तेस्रो, चौथो क्रमशः थ्रि स्टार मथुरा युवा क्लब र न्यु प्रगतिशिल युवा क्लब बन्न सफल भएको कार्यक्रम संयोजक इन्द्रजित विष्टले जानकारी दिनुभएको छ।

कार्यक्रममा श्री ओख्लेदह आधारभुत सर्वोत्कृट विद्यार्थी सुरक्षा विष्टलाई प्रोत्साहन स्वरुप सम्मान तथा स्थानिय जेष्ठ व्यक्ति तेज बहादुर विष्टलाई सम्मान गरिएको थियो । कार्यक्रम क्लब सहसचिव प्रमिला कुँवरको स्वागत तथा सचिव राजकुमार विष्टको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D