gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

सनराइज बैंकको शाखा तम्घासमा बचतमा सुविधै सुविधा

टोपलाल अर्याल
गुल्मी, २६ साउन। गुल्मीको सदरमुकाम तम्घासमा सनराइज बैंकले दोस्रो शाखा संचालन गरेको छ । शाखाको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरे । बैंकको यो शाखा एक सय १८ औ हो । यस अघि धुर्कोट गाउँपालिकामा बैंकको पहिलो शाखा स्थापना भएको थियो । शाखा कार्यालयको उद्घाटन गर्दै मेयर भुसालले बैंकको प्रतिस्प्रर्धासंगै ग्राहकले नयाँ–नयाँ सुविधा खोजेकाले त्यो दिन सक्नुनै महत्वपूर्ण कुरा भएको बताए ।

त्यस्तै धुर्कोट गाउँपालिका प्रमुख भुसाल पोख्रेलले बैंकबाट शहर र गाउँका ग्राहकले पाउँनै सुविधामा विभेद नगर्न आग्रह गरे । उनले गाउँ र शहर जोड्ने बैंकको रणनीति धेरै राम्रो भएकाले प्रविधिमा आधारित बैंकिङ्ग कारोवार ग्रामिण समुदायमा समेत पुग्नुपर्ने बताए ।

त्यस्तै बैंकका नायव महाप्रबन्धक रवि कुमार नेपालले आफुहरु नयाँ सुविधा लिएर गाउँ र शहर आइरहेकाले सवैको साथको अपेक्षा गरे । संस्था प्रतिस्प्रर्धाले स्थापित हुने भएकाले सुविधा र सन्तुष्टि प्रदान गरेर सनराइन बैंक अगाढी बढ्ने नेपालले बताए ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बैंकहरुले अब कृषि पर्यटनमा लगानी गर्नुको विकल्प नभएको बताए । साथै उनले लेखा प्रणाली व्यवस्थित नभएका कारण बैंक र करमा समस्या भएकाले बैंक र बाणिज्यसंघ मार्फत सचेतना आवश्यक रहेको बताए ।


सनराइज बैंक लिमिटेडले बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आएको छ । यो सुविधा अन्तरगत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा एक लाख वा बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत भन्दा नबढ्ने गरी दाबी गर्न पाइने बैंकका ५ नं प्रदेश प्रमुख राजेन्द्य्र घिमिरेले बताए ।

सनराइज बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै बचत खाताका ग्राहकहरुका लागि ‘दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचत कर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा पाँच लाख नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको चार गुणासम्म दाबी गर्न सकिने घिमिरेले जानकारी दिए । साथै कृषि कर्जा, घर कर्जा साथै मिसकल बैंकिङ सेवा लगायतका सेवा उपलब्ध गराएको छ । साथै शाखारहित बैंकिङ सेवा, एटिम र विभिन्न अस्पतालहरुमा एक्टेन्सन काउन्टर संचालन गरिरहेको शाखा कार्यालय गुल्मीका प्रमुख दिनेश पन्थीले बताए ।

कार्यक्रममा रेसुङा नगरपालिका उपमेयर सीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडाध्यक्षहरु, राजनैतिक दलका प्रमुख, विभिन्न बैंक तथा बित्तिय संस्थाका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । कार्यक्रम बैंक नायव महाप्रबन्धक रवि कुमार नेपालको अध्यक्षता, मेयर डिल्लीराज भुसालको प्रमुख आतिथ्यता, बैंक शाखा प्रमुख दिनेश पन्थीको स्वागत तथा बैंकका ५ नं प्रदेश प्रमुख राजेन्द्र घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D