अनिल खत्री
८ चैत, गुल्मी । तम्घास बजारको अती ब्यस्त हुने स्थान बसपार्कमा रहेका होटलहरुको अबस्था बारे अनुगमन गरिएको छ । बसपार्क क्षेत्रका १ दर्जन बढि होटलहरुमा गरिएको अनुगमनको क्रममा केहि होटलहरुले नविकरण नगरी सञ्चालन गरेको पाइएको छ ।
गुल्मी जिल्ला सदरमुकाम तम्घासका बसपार्कमा रहेका होटलहरुमा अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका, जिल्ला प्रहरी कार्यालय गुल्मी र पत्रकार सहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा पछिल्लो समय होटलहरुले सरसफाईमा ध्यान दिएको पाइएको थियो । बिभिन्न निकायले बेला बेलामा गरिने अनुगमनले गर्दा बसपार्क क्षेत्रमा रहेका होटलहरुको अबस्था सुध्रिर्दै गएको छ ।
बसपार्क क्षेत्रमा मानिसहरुको चाप पनि हुने भएकाले त्यस स्थनका होटलहरु अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । अनुगमन गरिएका होटलहरु सरसफाइ लगायतको अबस्था सन्तोष जनक पाइएको घिमिरेले बताए ।
तम्घास बजार क्षेत्रसँगै बिभिन्न स्थानीय तहमा पनि निरन्तरता दिइने भएको छ । अनुगमन कर्ताले केहि होटलहरुलाई थप सुधारर्नु पर्ने सुझावहरु पनि दिइएका छन् ।