gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

सदरमुकाम तम्घासमै छैन सडक, जनताले आफै खन्न थाले

प्रेम सुनार
गुल्मी, कार्तिक ८ । ५० औं वर्ष अघि देखि गुल्मीको सदरमुकाम तम्घास रहेको र गणतन्त्र पश्चात रेसुङ्गा नगरपाललिका बनेको स्थान नै विकास निर्माणमा वत्ति मुनिको अँध्यारो रहेको छ । सदरमुकाम भित्र रहेको रेसुङ्गा नगरपालिकाको अधिकांस टोलहरु सम्म पुग्ने मोटर बाटो अझै पुगेको छैन ।

विगतका गाविस भित्रको त कुरै नगरौ सविकको सदरमुकाम तम्घास भित्रैका अधिकांस टोलहरुमा मोटरबाटो सुविधा पुगेको छैन् । त्यो मध्येको एक हो रेसुङ्गा नगरपालिका वडा नम्वर ९ को बुढिचौर । वुटवल देखि गाडीमा ल्याएको सरसमान ढोकोमा बोकेर माथी घरमा पुराउँदै आएको बुढिचौरवासीलाई उपल्लो तम्घासको चोकबाट मोटरबाटो त खनियो तर प्रभावकारी हुन सकेन ।

जुनबाटो बाट हलुका ट्याक्टर सिवाय नजान सके पछि त्यस गाउँवासीले बुधवार देखि घर घरबाट कैची कोदालो र घन लिएर आफै मोटरबाटो खन्न थालेका छन् । गाउँवासीले वडा सदस्य सन्त नेपालीलाई समेत मोटरबाटो खन्न लिएर आएका छन् ।

२०६६ साल देखि आफुहरुले बुढिचौर सम्मको मोटरबाटो सुविधाका लागि माग गरे पनि सुनुवाई नभए पछि जनप्रतिनिधीहरुको चुनौती दिन जनताहरुले नै बाटो खन्न लागेको स्थानियवासी राजु भलामीले बताए । अर्का स्थानियवासी हिमबहादुर भलामीले हिड्डुल भन्दा पनि सरसमान लैजान गाह्रो भए पछि जनता आफै जुटेर मोटरबाटो खन्न लागेको बताए ।

स्थानिय समाज सेवी पुर्णप्रसाद मरासीनीले अहिले सम्म कसैबाट सुनुवाई नभए पछि जनप्रतिनिधीहरुको ध्यानकृष्ट गराउन जनताले आफै खन्न थालेको बताए । वडा सदस्य सन्त नेपालीले त्यो कुरा स्वीकार गर्दै आफु मोटरबाटो खन्न आएको बताए । श्रोतका अनुसार त्यहाँ मोटरबाट मर्मत वा विस्तारका लागि ३ लाख रुपैयाँ परे पनि विवादमा परेको छ ।
यस सम्वन्धमा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारायण वराल सुनार संग सम्पर्क राख्दा उनले आफुले एक हप्ता कुर्नुहोस् भन्दा पनि स्थानियवासीले नमानेर आफै खन्न थाल्नु भएको बताए ।

उपल्लो तम्घास चोकबाट खनिएको बाटो निकै उकाले भएर ट्याक्टर समेत जान नसक्ने भए पछि देउराली नजिकै भर्लाचौरबाट बुढीचौर सम्म मोटरबाटो खोल्नका लागि रकम परेको छ तर स्थानियले त्यो बाटो हुँदैन भनेर विरोध गर्दै आउनु भएको थियो वडाध्यक्ष वरालले भने आज अर्कै ठाउँबाट आफै खन्न थाल्नु भएछ ।

उनले स्थानियको माग जायज भए पनि धारामुल सामदायिक वन उपभोक्ता समिति संग समन्व्य गरेर बाटो खन्नु पर्ने सुझाव दिए । उनले वडा नम्वर ९ कै उपल्लो तम्घासको चोक देखि चारीखोला सम्म जोड्ने मोटरबाटो समेत एक जना व्यक्तिको अवरोधका कारण खने २०४८ साल देखि अलपत्र परेको बताए । विकास निर्माणमा कुनै एक व्यक्तिका कारण अरु जनतालाई दुख दिन हुने गुनासो गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D