टोपलाल अर्याल
गुल्मी, ८ असार । गुल्मीमा आगुऔषध सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका १४ घर भई वडा नं ८ मा बस्दै आएका २१ बर्षिय जीवन रजाली र १७ बर्षिय निर्जन बस्नेतलाई लागु औषध नौ चक्की नाइट्रेजापाम र ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
सदरमुकामको आदर्श चोकमा लागु औषध खाएर लठ्ठीएको अवस्था खोज लतास गर्दा उनीहरुको साथबाट नाइट्रेजापाम र ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले बताउनुभयो । दुवै जनालाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भैरहेको छ ।
लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहि हुने यादवले जानकारी दिनुभयो ।








