सत्य साई केन्द्र तम्घास गुल्मीद्वारा विनाशकारी भुकम्पकाे सम्झना

सन्तोष महतारा
गुल्मी, १२ बैशाख । गुल्मीमा विनाशकारी भुकम्पकाे सम्झनामा बिशेष प्रार्थना सभा गरिएको छ । जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको सत्य साई केन्द्र तम्घास गुल्मीको आयोजनामा विनाशकारी भुकम्पकाे सम्झना गरिएको हो ।

मृतक प्रति श्रद्धाञ्जली, घाइतेप्रति समवेदना र आगामी दिनमा त्यस्तो प्रकारको बिपत्तिकाे सामाना गर्न नपराेस् भनेर दिप प्रज्वलन तथा सार्वजनिक भजनसहित बिशेष प्रार्थना सभा गरिएको सत्य साई केन्द्र तम्घास गुल्मीका युवा उपसंयाेजक आशिष पन्थीले जानकारी दिए ।

नेपालमा त्यस्ता प्रकारका बिपत्ति अबको दिनदेखि झेल्न नपराेस् भनेर त्यस दिनको सम्झना गरेको आत्याध्मिक संयाेजक सन्तोष न्यापानेले जानकारी दिए । आज भन्दा ७ बर्ष अगाडि आजकै दिन बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पका कारणले ठुलो नाेक्सानी बेहोर्नुपरेकाेले त्यस दिनलाई प्रार्थना गरेर सम्झना गरेको सत्य साई केन्द्र तम्घास गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ