gulminews logo
शुक्रबार, २०८० चैत्र १६

सत्यवतीको पहिरोमा बगेर बाँचेका धनी र करिश्मालाई एसओएस चिल्ड्रेन बुटवल पठाइयो

अनिल खत्री
२ भदौ, गुल्मी । गुल्मीको सत्यवतीको पहिरोमा परेर घाइते अबस्थामा बाचेका २ जना बालिकालाई शिक्षाको व्यवस्थापनको लागि बुटवलमा पठाइएको छ । गत साउन ७ गते सत्यवती गाउँपालिकाको वडा नम्बर ३ को ठूलो लुम्पेकमा भिषण पहिरोमा परेर आमा गुमाएका १२ वर्षिय धनी त्रामु र १४ वर्षिय करिश्मा त्रामुलाई शिक्षाको व्यवस्थापनको लागि बुटवलमा पठाइएको हो ।


परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहयोगमा बालिकाको घरको आर्थिक अबस्था पनि कम्जोर रहेकाले निशुल्क रुपमा शिक्षाको आबश्यक व्यवस्थापनको लागि पठाइएको हो । पहिरोमा परेर बालिकाकी आमा तिलकुमारी त्रामुको मृत्यु भएको थियो ।


बालिकाका बुवा रोजगारिको शिलसिलामा मजदुरी गर्न भारतमा छन् । घरमा उनिहरुको आर्थिक अबस्था पनि कम्जोर, पहिरोबाट उनिहरुमा पर्न गएको मनोबैज्ञानिक असरलाई मेटाउन र शिक्षाको निम्ति एसओएस चिल्डे«न भिलेज नेपाल रुपन्देही भैरहवामा पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।


त्यहाँ रहेर २ जना वालिकाले उनिहरुको इच्छा अनुसार शिक्षा अध्ययन गर्न पाउने छन् । पहिरोमा परेर घाइते भएका बालिकालाई राहत लिएर आएक परराष्ट्रमन्त्री ज्ञवालीले हेलिकप्टर मार्फत काठमाडौं लगेर उपचार गरिएको थियो ।उनिहरुको काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा उपचार गराएर फर्किएका थिए । सत्यवतिको २ वटा वडामा पहिरोमा परेर १३ जनाको घटना स्थलमै मृत्यु भएको थियो ।


पहिरोले १२ सय ६० जना प्रभावित छन् । पहिरोबाट बिस्थापितहरु अहिले पनि बिभिन्न स्थानमा निर्माण गरिएका पालहरुमा बस्दै आएका छन् । घरवास गुमाएकाहरुलाई पुरनवासको निम्ति उचित स्थानहेरेर एकिकृत बस्ती निर्माण गरेर राखिने भएको छ । त्यसको निम्ति ३ वटै सरकारले समन्वय गर्ने भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D