gulminews logo
बुधबार, २०८१ बैशाख १२

सत्यवतिका पहिरो पिडितलाई आइतवारबाट अस्थायी आवासमा सारिने

अनिल खत्री
२८ साउन, गुल्मी । गुल्मीको सत्यवतिमा पहिरोले बिद्यालयमा आश्रय लिएका स्थायिनलाई अस्थायी शिविरमा राखिएको छ । गत साउन ७ गतेको पहिरोबाट प्रभावित वडा नं. ३ र ४ तथा वडा का बिद्यालयमा आश्रय लिएकालाई घरको अबस्था हेरिकन व्यवस्थापन गरिने भएको छ ।


बिद्यालयमा बस्दै आएकाहरुलाई साउन आइतवार भदौ १ गते पछि विद्यालयहरु संचालनमा आउने भएकोले अस्थायी आवासमा राख्ने तयारी भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जोखिमयुक्त घरपरिवार मध्ये कम जोखिमयुक्त घरपरिवारका व्यक्तिहरुलाई स्थिति सामान्यीकरण हुँदै गएकोले घरतर्फ फिर्ता गर्ने वातावरण तयार गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।


पिडितहरुको लागि अस्थायी आवास निर्माणको लागि काम भइरहेकाले शनिवारसम्म बिद्यालयमा बस्दै आएका पिडितहरुलाई अस्थायी आवासमा सार्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पिडितहरुलाई अस्थायी आवासमा राख्नको निम्ति आश्यक काम भइरहेको सत्यवति गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत यादव भण्डारीले बताए ।


अस्थायी आवासमा राख्नको लागि ठाउँ लगायतत अरु प्राबिधिक पक्षहरु बरे तयारी भइरहेको प्रमुख प्रशाकीय अधिकृत भण्डारीले जानकारी दिए । करिब १ सय १० घर परिवार जति अझै पनि उच्च जोखिमयुक्त घर परिवार भित्र रहेकोले उनीहरुको लागि टिन तथा टेन्टको प्रयोग गरी अस्थायी शिविर निर्माण गर्नुपर्ने देखिएकोले सुरक्षित स्थानका टोल टोलमा जग्गाको छनौट गरी योजना बनाई अगाडि बढइने भएको छ ।


पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० लाई पीडित र प्रभावितहरुलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ । घरपरिवार मध्ये कतिपय परिवारहरु आफ्नो घरगोठमा पुग्न बाटोघाटो अवरुद्ध हुँदा तथा स्थानीय बजारमा खाद्यान्नर लगायतका सर समान उपलब्ध नहुँदा आश्रय समेत लिएका छन् ।


गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो । गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका पीडित परिवारको राहत र पुर्नस्थापनाका लागि एक करोड बढि रकम संकलन भएको छ ।


विभिन्न स्थानीय तह, राजनैतिक दल र संघसंस्थाले गरेको सहयोग गरेका छन् । अझै पनि सहयोग प्राप्त हुने क्रम रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । त्यस्तै नगद र खाद्य, लत्ता कपडा एवं अन्य राहतका सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ । सवैभन्दा बढि भौतिक क्षति वडा नं ३ ठुलोलुम्पेकमा भएको छ । जसका कारण नगद तथा राहत सामग्री ठुलोलुम्पेकमा धेरै संकलन भएको छ ।


ठुलोलुम्पेकमा तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D