gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

सडक माथीको जोखिम ढुंगा हटाउन नेपाली सेना

अनिल खत्री
१६ साउन, गुल्मी । गुल्मीमा सडक माथी पहिरोमा अडकीएका जोखिम ढुंगा हटाउनको लागि नेपाली सेनाले काम शुरु गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको बिरभद्र जंग गुल्मले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–४ को मदनभण्डारी राजमार्गको तम्घास सिमलटारी सड्कको रागेढुङ्गामा सडक माथी पहिरोमा जोखिम अबस्थामा रहेका ढुंगा हटाउन शुरु गरेको हो ।

नेपाली सेनाले पहिरोमा रहेका स–साना ढुंगाहरु हटाउने काम गरेतापनी ठूला ढुंगाहटाउनको लागि मेसिन लगायत अन्य तरिकाहरु अपनाउनु पर्ने देखिएको छ । ढुंगा हटाउनको लागि केहि मात्रामा काम भएपनि जोखिम भने कामयमै रहेको छ ।

अबिरल वर्षासँगै गएको पहिरोले केहि भाग खसेपनि ठूला ठूला ढुँगा सहित झर्ने अबस्थामा रहेकाले यात्रा गर्न समस्या हुने गरेको स्थानीय बताउछन् । सडक माथी पहिरोमा ठूला ढुंगाहरु अडकीएकाले त्यस स्थान भएर हिडने पैदल तथा सवारी साधानहरु जोखिम यात्रा गर्न बाध्य भएका छन् ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने अतिव्यस्त सडकमा केहि भाग पहिरोले खसेको छ । केहि ठूला ढुंगा सहित खस्ने अबस्थामा जोखिम पूर्ण अबस्थामा रहेपछि सवारी साधान र पैदल यात्रु समेत जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।

दैनिक जसो पानी परिरहेकाले पहिरो खस्ने हो भन्ने डरले पहिरो हेरेर गाडि चलाउने र पैदल यात्रा गर्नेहरु हिडने गरेको स्थानीयको भनाई छ । दिउसको समयमा त हेरेर हिडने गरेतापनि रातको समयमा भने हिडन समस्या हुने गरेको हो ।

पहिरोले ठूलो क्षती हुन नदिन तत्कालै पहिरो हटाउनु पर्नेमा स्थानीयको जोड दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D