gulminews logo
शनिबार, २०८१ बैशाख ८

सडक माथीको जोखिम ढुंगाले यात्रा गर्नेहरु त्रासित

अनिल खत्री
३० असार, गुल्मी । गुल्मीमा सडक माथी पहिरोमा ठूलो ढुंगा अडकीएपछि जोखिम बनेको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–४ को तम्घास सिमलटारी सड्कको रागेढुङ्गामा सडक माथी पहिरोमा ठूलो ढुंगा जोखिम पूर्ण अबस्थामा रहेपछि पैदल यात्रा गर्न समेत जोखिम बनेको हो ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने अतिव्यस्त सडकमा केहि भाग पहिरोले खसेको छ भने केहि ठूला ढुंगा सहित खस्ने अबस्थामा जोखिम पूर्ण अबस्थामा रहेपछि सवारी साधान र पैदल यात्रु समेत जोखिम मोलेर यात्रा गर्ने गरेका छन् । दैनिक जसो पानी परिरहेकाले पहिरो खस्ने हो भन्ने डरले पहिरो हेरेर गाडि चलाउने र पैदल यात्रा गर्नेहरु हिडने गरेको स्थानीय झबि पाण्डेले बताए ।

दिउसको समयमा त हेरेर हिडने गरेतापनि रातको समयमा भने हिडन समस्या हुने गरेको पाण्डेले बताए । अबिरल वर्षासँगै गएको पहिरोले केहि भाग खसेपनि ठूला ठूला ढुँगा सहित झर्ने अबस्थामा रहेकाले यात्रा गर्न समस्या हुने गरेको स्थानीय बताउछन् ।

पहिरोले ठूलो क्षती हुन नदिन तत्कालै पहिरो हटाउनु पर्नेमा स्थानीयको जोड छ । जिल्लाको धुर्कोट गाउँपालिाकमा केहि दिन पहिले सडक माथीबाट गुडिरहेको सवारी साधनलाई पुर्दा २ जनाको मृत्यु भएको थियो ।

रैदी रागेढुङ्गा मन्दीर नजिकै केहि वर्ष पहिले सोहि स्थानमा ठूलो ढुंगा जोखिमपूर्ण अबस्थामा रहेको थियो । जोखिमपूर्ण अबस्थामा रहेको ढुंगालाई नेपाली सेनाले सो स्थानबाट हटाएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D