gulminews logo
बिहीबार, २०८१ बैशाख २०

सडक बालबालिकाको समस्या समाधानका लागि ५ बुँदे सुझावसहितको प्रतिवेदन पेश

टोपलाल अर्याल
गुल्मी, ३ साउन । गुल्मीको तम्घास बजारका संरक्षण बाहिर भएका बालबालिकाको मध्ये र दिर्घकालिन उपायसहितको प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गरिएको छ । बालबालिकाको पहिचान र संरक्षण एवं व्यावस्थापनको बिषयमा अध्ययन प्रतिवेदन पेश गर्न शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीको संयोजकत्वमा टोली निर्माण गरिएको थियो ।

टोलीले दुई दिन लगाएर १९ जना बालबालिकाको पहिचान, परिवार भेटघाट, बालबालिकाको स्थायी बासस्थान र व्यावस्थापनसहितको प्रतिवेदन जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीलाई बुझाएको हो । बालबालिका जिल्ला बाहिरका दुई, धुर्कोट गाउँपालिकाका तीन, इस्मा गाउँपालिकाका तीन, मालिकाका ६, मदानेका एक र रेसुंगा नगरपालिकाका तीन जना रहेका छन् ।

पाँच बर्षसम्मका दुई, पाँचदेखि १० बर्षका सात, ११ देखि १३ बर्षसम्मका आठ र १३ बर्ष माथिका एक जना रहेको असंरक्षित सडक बालबालिका पहिचान एवं सिफारिस समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधव खरेलले जानकारी दिए । ती बालबालिका मध्ये ५ जना बिद्यालय जाने गरेको, ११ जना बिद्यालय भर्ना भएपनि नजाने गरेको र दुई जना भर्नानै नभएको खरेलले बताए ।

समितिले अभिभावलाई रोजगारी, सम्बन्धित तहसंगको समन्वयमा स्थायी बसोबास भएको ठाउँमा फर्कन प्रेरित गर्ने, आंशिक आवसीय सुविधासहितको पठनपाठनको व्यावस्था, पूर्ण आवसीय सुविधासहितको व्यास्था र बालबालिकालाई सीपमूलक तालिमको व्यावस्था गर्न समितिको तर्फबाट सिफारिस गरिएको समिति संयोजक लोकनाथ मरासिनीले बताए । प्रतिवेशन तत्काल कार्यान्वयन गर्न समितिको तर्फबाट मरासिनीले समन्वय प्रमुख खत्रीको ध्यानाकर्षण समेत गराए ।

प्रतिवेदन ग्रहण गर्दै खत्रीले तत्काल जिल्लाका पालिका र सरोकारवाला बसेर प्रतिवेदनको अध्ययन र सुझावको बिषयमा छलफल गरेर काम अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले सवैको चासो र अनिबार्य कामको रुपमा सडक बालबालिकाको व्यावस्था गर्नुपर्ने भएकाले सवैको रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरे ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय गुल्मीको तर्फबाट प्रहरी नायव उपरिक्षक माधव खरेल, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरी, जिल्ला समन्वय समितिका योजना अधिकृत बिष्णु भुसाल, रेसुंगा नगरपालिकाको महिला विकास निरिक्षक कल्पना पाण्डेय र पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल रहेका छन् । जिल्ला समन्वय प्रमुख द्रोण खत्री, रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, प्रहरी प्रमुख भिम बहादुर दाहाल लगायतको उपस्थितीमा बालबालिका पहिचान तथा सिफारिस समिति गठन भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D