gulminews logo
मंगलवार, २०८० चैत्र ६

सडक बन्यो, पुल बनेनन्, डेढ घण्टामा पुगिने अस्पताल पुग्न ३० घण्टा

हुमाकान्त पोखरेल
०२ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिका –७ घमिरका एक दम्पत्तिलाई जेठ २८ गते कोरोना पुष्टि भयो । जसमध्ये श्रीमानको अक्सिजन कम हुँदा अवस्था जटिल भयो । चारदिनसम्म स्थानीय स्वास्थ्य संस्थामै उपचार गराएका दम्पत्तीलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार पाचौँ दिनमा मंगलबार तम्घास पठाउने तयारी भयो । घमिरबाट अर्जै हुदैँ तम्घास जाने सडकमा पहिरो गएकोले तम्घास पुग्न सम्भव भएन । वैकल्पिक सडक सिलादी हुँदै तम्घास पुग्ने हो ।

घमिरकै एम्बुलेन्स प्रयोग गरी संक्रमित सिलादीसम्म झरे । तर सिलादीमै घमिरबाट आएको खोला बढेको कारण एम्बुलेन्स खोला तर्न सकेन । उनीहरुलाई तम्घाससम्म ल्याउनको लागि भन्दै नेपाली सेनाको ट्रक तम्घासबाट सिलादीतर्फ गयो । तर इस्माको गुर्बा खोलामा अर्को ट्रक अड्किएको कारण सेनाको ट्रक बिरामी भएको ठाउँसम्म पुग्न सकेन र राति नै तम्घास फर्कियो । बिरामी भने मंगलबार सिलादीकै स्थानीयकोमा बसे । बुधबार बिहान बर्षा अलि कम भएपछि उनै बिरामी बोकेर एम्बलेन्स सिलादीबाट हिड्यो । घमिर खोला तरेपनि रोदी खोलाको बीचमा एम्बुलेन्स फस्यो । खोलाबाट पानी पसेर एम्बलेन्समा समस्या देखिएपछि स्थानीय र सुरक्षाकर्मीको सहयोगमा एम्बलेन्सलाई खोलाबाहिर निकालेको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

अहिले झण्डै ३० घण्टाको प्रयासपछि बिरामीलाई तम्घास अस्पताल ल्याइएको छ । मालिका गाउँपालिकाले डोजरको माध्यमबाट ठाउँठाउँका पहिरो हटाएर खोलामा छट राखेर एम्बुलेन्समै बिरामी तम्घास पठाएको हो । उपचारपछि बिरामीको स्वास्थ्य अवस्था भने सामान्य बन्दै गएको छ । घमिरबाट आउने बिरामी मात्र होइन, अहिले जिल्लाका अधिकाशं ठाउँको हालत यस्तै छ । तम्घासबाट सिमलटारीसम्म २३ किलोमिटर बाटो पिच गरिएको छ । पहिले तम्घास–सिमलटारी सडकअन्तरगत पर्ने उक्त सडक अहिले मदन भण्डारी राजमार्गअन्तरगत पर्छ । तर उक्त सडकको बीच भागमा पर्ने खोलामा पुल नबन्दा यात्रु भने मर्कामा परेका छन् ।

उक्त राजमार्गमा इस्मा गाउँपालिकाको गुर्बामा गुर्बा खोला, इस्मामै रोदी खोला, चौरासी नजिककैको खोला, हुलाके खोला र घमिर खोला पर्दछन् । तर अहिलेसम्म कुनै पनि खोलामा पुल छैनन् । यसरी राजमार्ग बनेपनि पुल नबन्दा एम्बुलेन्सभित्रै जिवन माग्न बिरामी बाध्य भएका छन् । उक्त राजमार्गमा गुर्बा खोलामा कल्भट बनेपनि गत बर्ष ठुलो बाढी आउँदा कल्भर्ट थुनियो । त्यस वरपरका घर डुबे । स्थानीयले कल्भर्ट नै भत्काइदिए । तर कल्भर्ट भत्काएको एक बर्षसम्म त न भत्काउनेलाई कारवाही भयो, न त नयाँ कल्भटै नै बन्यो । जसले गर्दा अहिले त्यहाँको आवाज–जावत अहिले बन्द छ । बाँकी रहेका रोदी खोला, चौरासी नजिकैको खोला, हुलाके र घमिर खोलामा पुल नै छैनन् । त्यसैले गर्दा राजमार्ग बनेपनि पुल नबन्दा विपतमा राजमार्गको उपयोग हुन सकेको छैन । गुर्बादेखि नै पुल नबन्दा इस्माको हस्तिचौर, धुर्कोटको वस्तु, मदाने र मालिका गाउँपालिकाका नागरिक तम्घास आवत–जावत गर्न नसक्ने भएका छन् ।

मदन भण्डारी राजमार्ग गुल्मीका प्रमुख शशांक मिश्रले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुलको डिपिआर भइरहेको जानकारी दिए । गुर्बाखोलामा पानीको सतह कम हुँदाबित्तिकै हिमपाइप राखेर तत्काल यातायात सुचारु गर्ने तयारी भएको मिश्रले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बर्षायाम बढेकोले अत्यावश्यक काम नपरी यात्रा नगर्न आग्रह गरिन् । तत्कालको लागि पुल र आवश्यक वैकल्पिक व्यवस्था गर्न मदन भण्डारी राजमार्गलाई निर्देशन दिएको पनि शर्माले जानकारी दिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D