gulminews logo
शुक्रबार, २०८० चैत्र १६

सडक कालोपत्रे नगरेको भन्दै वामीवासी आन्दोलित, ठेकेदारका कुनै गाडी चल्न नदिने

टोपलाल अर्याल
गुल्मी, फागुन १६ । गुल्मीको मुसिकोट नगरपालिकाका– ७, वामीका स्थानीय निर्माण व्यवसायीविरुद्ध आन्दोलनमा उत्रिएका छन् । रिडी–रुद्रवेणी–वामी–टक्सार सडकको भुवाचिदी–वामीखण्ड समयमै कालोपत्रे नभएपछि स्थानीय आन्दोलित भएका हुन् । उक्त सडकखण्डको पाँच किलोमिटर सडक पाँच करोड ८५ लाखको लागतमा श्रेष्ठ कन्स्ट्रक्सन जेभी गुल्मीले कालोपत्रे गर्नेे जिम्मा पाएको थियो । तर, विभिन्न बहाना बनाएर तीनपटक म्याद थप गरे पनि काम पूरा नभएपछि विद्रोह सुरु गरिएको संघर्ष समितिका संयोजक फुलप्रसाद सापकोटाले बताए ।

‘ग्राभेल उप्किएर टिपर र अन्य गाडी गुड्दा बजार धुलाम्मे हुने गर्छ । वामी बजार दुर्गन्धित र नागरिकको स्वास्थ्यमा समेत असर भइरहेकाले बाध्य भएर निर्माण व्यवसायीकाविरुद्ध आन्दोलनमा उत्रिएका हौँ,’ सापकोटाले भने । उनका अनुसार आइतबार आन्दोलनकारीले केही टिपरलाई एक घन्टा नियन्त्रणमा लिएर छोडेका छन् । सोमबारबाट श्रेष्ठ कन्स्ट्रक्सनका कुनै पनि सवारीसाधन मुसिकोट नगरभित्र प्रवेश गर्न नदिने र चरणबद्ध आन्दोलन गर्ने बताए ।

निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले भने ८० प्रतिशत काम सकिएको दाबी गरे । उनले गत असोजसम्म ८० प्रतिशत काम सकेर भुक्तानीसमेत पाएको बताउँदै २० प्रतिशत काम प्रतिकूल मौसम र क्रसर सञ्चालनमा अवरोध भएका कारण रोकिएको बताए । ‘कालोपत्रे गर्न एक हजार टिपर गिटी चाहिने हो । लामो समयदेखि क्रसर बन्द छ,’ उनले भने, ‘क्रसर सञ्चालन गर्न दिए केही समयमै काम अगाडि बढाउँछु ।’ मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले धुलोको पीडा सहन नसकेर स्थानीय स्वतस्फुर्त आन्दोलनमा उत्रिएको बताए । उनले निर्माण व्यवसायीलाई नगरपालिकाको तर्फबाट पनि काममा ताकेता गरेर क्रसरमा समेत सहजीकरण गरे पनि काम नभएको बताए ।

पाल्पा सडक डिभिजन कार्यालयका इन्जिनियर निरञ्जन अर्यालले तीनपटक म्याद थप तथा पटक–पटक फोन र पत्राचार गर्दा पनि निर्माण व्यवसायीका कारण काममा ढिलासुस्ती भएको बताए । अब मौसमको कारण कालोपत्रे गर्न कुनै समस्या नभएकाले चैत मसान्तसम्म निर्माण व्यवयासीले काम पूरा गर्नुपर्ने इन्जिनियर अर्यालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D