Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
सञ्चालनमा नआउँदै रेसुंगा विमानस्थलमा क्षती सुरु, घुम्ने र टिकटक बनाउने थलो बन्दै - Gulminews

सञ्चालनमा नआउँदै रेसुंगा विमानस्थलमा क्षती सुरु, घुम्ने र टिकटक बनाउने थलो बन्दै

टोपलाल अर्याल
गुल्मी, साउन ३० । गुल्मीको रेसुंगा विमानस्थलमा सम्झौताअनुसारका काम सबै सकिए पनि उडान अझै निश्चित भएको छैन । कालोपत्रे र रङरोगनले धावनमार्ग चिटिक्क बनेको छ । निर्वाचन आसपास नियमित उडान सुरु हुने चर्चा भए पनि सम्भावना अनिश्चित बन्दै गएको छ। करोडौँ खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति सुरु भएको छ। केही दिनअघि मात्रै कन्ट्रोल टावरको सीसा फुटेको छ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर बी–कोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेर काम गरेको हो। निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताए। विमानस्थल आयोजनाले विमानस्थलमा नियमित उडान नहुने वेलासम्म संरक्षणका लागि वडा कार्यालय, रेसुंगा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। गत असारबाट आयोजना फिर्ता भएको छ। रेसुंगा नगरपालिकाबाट एक नगर प्रहरी विमानस्थलमा खटाइएको १० दिनपछि आफूहरू फर्किएको आयोजनाका इन्जिनियर दिनेश परियारले बताए।

पहिले पनि विमानस्थल निर्माणकै क्रममा निर्माण व्यवसायीका गाडी र संरचनाहरू तोडफोड हुने गरेका थिए। ‘कन्ट्रोल टावरको सिसा नै फुट्नु दुःखद विषय हो। पहिले पनि गाडीको सिसा र ड्रमलगायतका सामग्री तोडफोड हुन्थे,’ उनले भने, ‘जिम्मेवार व्यक्तिबाहेक अरूलाई प्रवेश नगराउन भने पनि त्यसो भएन।’ सार्वजनिक महत्वपूर्ण संरचनाको संरक्षणको दायित्व सबैको भएकोतर्फ उनले सचेत गराएका छन्। विमानस्थल निर्माणको लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भएको छ।

उडान नभएपछि मनोरञ्जलस्थल बन्दै

विमानस्थलमा जिल्ला तथा बाहिरबाट समेत दैनिक सयौँ व्यक्ति पुग्छन्। केही समय पहिले स्कुटर, मोटरसाइकल र गाडी नै लिएर ठूला नेतादेखि सर्वसाधारण विमानस्थलमा पुग्थे। विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले टिकटक बनाउनेहरू यहाँ पुग्ने गरेका छन्। जसका कारण धावनमार्ग कुरूप बन्न थालेको छ।

विमानस्थलजस्तो संवेदनशील ठाउँमा निर्माणदेखि नै सुरक्षा हुनुपर्ने भए पनि बनेका संरचना तोडफोड हुने वेलासम्म राज्यको ध्यान नपुग्नु विडम्बना भएको स्थानीयहरू बताउँछन्। गाउँकै केही व्यक्तिको पूर्वाग्रह र राजनीतिक प्रतिशोधका कारण विमानस्थलमा क्षति भएको आरोप छ। विमानस्थलमा क्षति भएको विषयमा अनुसन्धान सुरु गरी नियमित उडानको पहल सुरु गरिएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।

तत्काल नियमित उडान सम्भव छैन : प्रवक्ता निरौला

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजहरूको संख्या नै कम भएको कारण नियमित उडान गर्न नसकिएको बताए। प्राइभेट एयरलाइन्सहरूले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उनको भनाइ छ।

यो वर्ष रेसुंगा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उनले प्राइभेट कम्पनीहरूसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिए। विमानस्थल निर्माणसँगै संरक्षणको दायित्व पनि आफूहरूको भएकाले प्रहरी, प्रशासन र स्थानीय तहलाई पत्राचार गरिएको उनले प्रस्ट पारे।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D