gulminews logo
बिहीबार, २०८१ बैशाख १३

संसदको आश्वाशनबाट ऋण लिएर खनेको सडक, पैसा नपाएपछि भत्काइयो

टोपलाल अर्याल
गुल्मी, ७ माघ। कालीगण्डकी गाउँपालिका २ अर्वेनीमा ०७३ सालमा रत्न बहादुर विक अध्यक्ष रहेको उपभोक्ता समितिले अर्वेनी–देउराली हुँदै कोटसम्म करिव पाँच किलोमिटर सडक उधारोमा खन्यो । स्थानीयसंग डिजेलको पैसा उठाएर समितिले लक्ष्मीपति न्यौपानेको डोजर मार्फत सडक निर्माण गरे । त्यतिवेला समितिलाई तत्कालिन कृष्ण छन्तेलको संसद विकास कोषबाट बजेट खर्च गर्ने आश्वासन थियो । तर विवादले रकम परेन । समितिसंग अहिले २० लाख ८० हजार क्रृण छ । त्यो क्रृण असुल्न समितिकै मिलेमोतोमा डोजर लगाएर अर्वेनीको दुई स्थानमा सडक भत्काइएको हो । निर्माण व्यावसायी लक्ष्मीपति न्यौपानेले बर्षौ सडक निर्माण गरेको पैसा नपाएको झोंकमा भत्काएको बताए । उपभोक्ता समितिका सदस्य अर्का लक्ष्मीपति न्यौपानेले तेलको रकम पनि स्थानीयसंग सापटी मागेर चलाएको बताए । उनले वडाध्यक्षले कुनै सहजीकरण नगरेको कारण समस्या आएको बताए ।

गैर कानुनी हर्कत

कानुन अनुसार उधारोमा कुनै काम गर्न पाइदैन् । तर उपभोक्ता समितिले २० लाख बढिको सडक खने । आर्थिक बर्ष ०७४÷०७५ मा सोहि सडकको स्तर उन्नती गर्न १० लाख गाउँपालिकाबाट बिनियोजन भयो । समितिले पाँच लाखको काम गर्ने र पाँच लाख पुरानो क्रृण तिर्ने प्रस्ताव गरे । वडाध्यक्ष देवि न्यौपानेले पुरानो क्रृण तिर्ने काम गैरकाननुनी भएकाले प्रस्ताव अस्विकार गरे । अन्तिममा बजेट फ्रिज भयो । ‘मैले क्रृण तिर्न गैरकानुनी काम गर्ने कुरा भएन त्यसैले सिफारिस रोके,’न्यौपानेले भने,‘त्यो स्थानीय तह पहिलेको काम हो ।’ त्यतिबेला समिति पनि एकलौटी निर्माण गरिएको र त्यो सडक निर्माणको कुनै हिसावकिताव सार्वजनिक नभएको स्थानीयले गुनासो गरे । उपभोक्ता समितिका अध्यक्ष पनि अक्षरनै नचिनेका स्थानीय रत्न बहादुर विकलाई बनाएर काम गरिएको स्थानीयले बताए ।

भुक्तानीको नयाँ सेटिङ्ग

बिवादित सडकसंगै जोडिएर अहिले अर्वेनी रिङ्गरोडको लागि एक करोड २२ लाख बिनियोजन भएको छ । निर्माण व्यावसायी लक्ष्मीपति न्यौपानेले आफ्नो पुरानो पैसा उठाउन त्यो क्षेत्रमा आफुले टेण्डर पाउनुपर्ने प्रस्ताव गरे । न्यौपानेले त्यो काम आफैले पाउन अर्को निर्माण व्यावसायी टण्डन कन्ट्रक्सन व्यावस्थापकलाई पाँच लाखको चेक समेत दिएको आरोप लगाए । तर काम टण्डन कन्ट्रक्सनलेनै थाल्यो । न्यौपानेले आफ्नो पैसा उठाउन अनेक बखेडा झिकेर गलत आरोप लगाएको टण्डन कन्ट्रक्सनका व्यावस्थापक कुल बहादुर टण्डनले बताए । लक्ष्मी पतिले आफुले पुरानो पैसा पनि नपाउने, आएको पैसा पनि फ्रिज गराउने, नयाँ काम पनि नदिने र आफुले काम गरेको करिव पाँच किलोमिटर सडकको स्टिमेट गरेर भुक्तनी पनि नदिएपछि डोजर लगाएर सडक भत्काएको स्विकार गरे । गाउँपालिका प्रमुख बेद मगरले असारसम्म पैसा भुक्तानी गर्ने आश्वासन दिएपछि सडक फेरि संचालन गरेको न्यौपानेले बताए ।

राजनैतिक बिषय बन्यो : अध्यक्ष

कालीगण्डकी गाउँपालिका प्रमुख बेद थापा मगरले सडकलाई राजनैतिक बिषय बनाइएको बताए । उनले करिव चार सय घरधुरी लाभाम्बित हुने सडकसंग कसैको व्यक्तिगत स्वार्थ नभएको बताए । संसद विकास कोषको आशमा समिति क्रृणमा फसेको मगरले बताए । ‘अहिले सडक संचालन ग¥यौ, भुक्तानी नपाएको झोंकमा सडक खनेछन,’उनले भने,‘कुनै निकास निकालौला भनेर सहमती गरेका हौ ।’ कालीगण्डकी गाउँपालिकामा क्रृणमा खनेका सडकहरु धेरै छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D