Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालिकाद्वारा बिभिन्न व्यक्ति तथा संस्था सम्मानित - Gulminews

संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालिकाद्वारा बिभिन्न व्यक्ति तथा संस्था सम्मानित

हुमाकान्त पाखेरेल
गुल्मी, ०३ असौज । संविधान दिवसको अवसरमा धुर्कोट गाउँपालिकाले सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । गाउँपालिकाले सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै कृषक, पत्रकार, समाजसेवी, शैक्षिक एवम् स्वास्थ्य संस्था, कर्मचारी लगायतलाई सम्मान गरेको हो ।

नगद ५० हजार राशिको ‘शहिद शमशेर बहादुर खत्री’ पुरस्कारबाट धुर्कोट गाउँपालिका –५ वस्तुका पूर्व गाविस अध्यक्ष स्व. टोमलाल पाण्डे पुरस्कृत भएका छन् । उनको पुरस्कार श्रीमती बिमला पाण्डेलाई प्रदान गरिएको छ । नगद २५ हजार राशिको ‘शहिद खिम विक्रम नेपाली शैक्षिक संस्था बर्ष पुरस्कार’ बाट गाउँपालिकाको वडा नम्बर ५ स्थित हिमालय मावि र वडा नम्बर २ पिपलधाराको जनकल्याण प्राविलाई प्रदान गरिएको छ । हिमालय माविको तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दराम भण्डारी र प्रध्यानाध्यापक कृष्ण प्रसाद भण्डारी एवम् जनकल्याण प्राविको तर्फबाट व्यवस्थापन समिति अध्यक्ष चन्द्र सुनार र प्रध्यानाध्यापक कृष्ण खत्रीले पुरस्कार ग्रहण गरेका छन् ।

१५ हजार राशिको ‘शहिद जेदुराम भण्डारी बर्ष कृषि पुरस्कार’ बाट वडा नम्बर १ नयाँगाउँका अशोक खड्का र ‘शहिद विष्णु बस्नेत बर्ष पशुपालक कृषक पुरस्कार’ बाट वडा नम्बर ६ रजस्थलका मेघनाथ अर्याललाई पुरस्कृत गरिएको छ । ‘कर्मचारी बर्ष पुरस्कार’ बाट नगद १० हजारसहित पालिकाका अधिकृत छौठौ खड्ग बहादुर थापा, सूचना प्रविधि अधिकृत देवराज आचार्य एवम् स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनाललाई पुरस्कृत गरिएको छ । १० हजार राशिकै ‘उत्कृष्ट शिक्षक बर्ष पुरस्कार’ बाट निन्यूखर्क माविका प्रध्यानाध्यापक कृष्ण बहादुर जिसी र रामपोखरी प्राविका प्रध्यानाध्यापक मुक्तीराम पराजुलीलाई प्रदान गरिएको छ ।

१० हजार राशिकै ‘उत्कृष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कार’ बाट जैसिथोक स्वास्थ्य चौकीमा कार्यरत चुरामणी पोखरेल, ‘उत्कृष्ट विद्यालय कर्मचारी सेवा बर्ष पुरस्कार’ बाट हिमालय माविमा कार्यरत गंगा पाण्डे, ‘पत्रकारिता बर्ष पुरस्कार’ बाट तिलाचन पाण्डे र गगनशिला खड्का, ‘उत्कृष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कार’ बाट नयाँगाउँ स्वास्थ्य चौकीकी अनमि कुन्ती लावती र ‘उत्कृष्ट कर्मचारी (श्रेणीबिहिन) बर्ष पुरस्कार’ बाट वाग्लामा कार्यरत धरणीधर पन्थीलाई पुरस्कृत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । संविधान दिवसको अवसरमा पालिकाले तीन दिनदेखि विभिन्न कार्यक्रम गरेको थियो ।

खुल्ला व्याडमिन्टन, कर्मचारी–जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल, महिला कर्मचारी र महिला जनप्रतिनिधिबीच रस्साकस्सी प्रतियोगिता सम्पन्न गरिएको उपाध्यक्ष सीता गिरीले जानकारी दिइन् । कार्यक्रममा बोल्दै अध्यक्ष भुपाल पोखरेलले संविधानको पूर्ण कार्यान्वयनको लागि स्थानीय तहहरुले काम गरिरहेको बताए । काम गर्नेलाई प्रोत्साहन एवम् अन्य व्यक्ति तथा संस्थालाई पालिकाको विकासमा सहभागि गराउने उदेश्यले गाउँपालिकाले प्रत्येक बर्ष विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको पोखरेलको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D