gulminews logo
शुक्रबार, २०८० चैत्र १६

संचालन खर्च अभावमा गुल्मीको बौद्धिक अपाङ्ग भवन प्रयोगविहिन

हुमाकान्त पोखरेल
गुल्मी, २५ असौज । नियमित संचालन खर्चको अभावमा गुल्मीको बौद्धिक अपाङ्गता अभिभावक संघ प्रयोगविहिन भएको छ । आर्थिक बर्ष ०७१÷७२ मा बन्न सुरु गरेको अपाङ्ग भवन आ.व. ०७४÷७५ मा बनिसक्दा पनि संचालन खर्चकै अभावमा प्रयोगविहिन भएको हो । मानसिक तथा बौद्धिक अपाङ्गको उचित व्यवस्थापनको लागि रेसुङ्गा नगरपालिका –९ मा बौद्धिक अपाङ्ग केन्द्र बनाउन सुरु गरिएको हो ।

तम्घासकै इश्वरी पौडेल, रघुनाथ मरासिनी लगायतले ०७१ मा उपल्लो तम्घासको करिब साढे चार आना जग्गा सात लाखमा खरिद गरी संस्थाको नाममा पास गराएका थिए । त्यसपछि भवन बनाउनको लागि पाँच बर्षमा ३९ लाख खर्च गरी दुर्ई तलामा पाँच कोठा र एउटा हल सहितको भवन निर्माण भएको छ । तर कर्मचारीको मासिक तलब, केन्द्रमा आवश्यक सामग्री खरिद, बालबालिकाहरुको खाना–खाजा खर्च लगायतका नियमित खर्चको अभावमा केन्द्रलाई संचालनमा ल्याउन नसकिएको संस्थाका अध्यक्ष इश्वरी पौडेलले जानकारी दिए ।

भवन बनाउनको लागि आ.व. ०७१÷७२ मा शहरी विकास कार्यालय पाल्पाबाट ९४ हजार ९५०, जिल्ला विकास समिति गुल्मीबाट दुई लाख ४९ हजार ६२१, शान्ति तथा पुनःनिर्माण प्राधिकरणबाट तीन लाख २२ हजार ५७ बिनियोजन भएको थियो । त्यस्तै आ.व. ०७२÷७३ मा तत्कालिन सांसद चन्द्र भण्डारीको संसद विकास कोषबाट १४ लाख ६० हजार ८५१, शान्ति तथा पुनर्निमाणबाट दुई लाख, जिल्ला विकास समितिबाट दुई लाख ४९ हजार २३९, रेसुङ्गा नगरपालिकाबाट एक लाख ८९ हजार ५०९, शहरी विकासबाट ९५ हजार बिनियोजन भइ काम भएको थियो ।

०७३÷७४ मा जिल्ला समन्वय समितिबाट दुई लाख ९८ हजार ७६१, शान्ति तथा पुन निर्माणबाट एक लाख ६१ हजार १९ रुपैँया विनियोजन भएको थियो । त्यस्तै ०७४÷७५ मा रेसुङ्गा नगरपालिकाबाट ९३ हजार ८०६ तथा आ.व. ७५÷७६ मा रेसुङ्गा नगरपालिकाबाटै चार लाख ९० हजार पाँच सय बिनियोजन भई हालसम्म भवनको लागि मात्रै कुल ३९ लाख नौ हजार ३१५ खर्च भएको संघका पूर्व अध्यक्ष रघुनाथ मरासिनीले जानकारी दिए ।

डे केयर सेन्टर र पुर्नस्थापना केन्द्रमा १५÷१५ गरी कुल ३० जनासम्मको अभिभावक संघको क्षमता छ । संघमा रेसुङ्गा नगरपालिकाका फरक क्षमता भएका बालबालिका राख्नेगरी योजना बनाइएको छ । नियमित कार्यालय संचालनको लागि दुईजना कर्मचारीको आवश्यकता पर्छ । त्यस्तै बालबालिकालाई नियमित खाना–खाजा खर्च लगायत गरी मासिक एक लाख भए बौद्धिक अपाङ्गता भएकालाई केन्द्रमा राख्न सकिने पूर्व अध्यक्ष मरासिनीले जानकारी दिए । त्यसको लागि कम्तिमा पाँच लाखको अक्षयकोष निमाण गर्ने र त्यसैबाट कार्यालय संचालन गर्ने तयारी गरेपनि कोषमा पनि रकम जम्मा नभएको मरासिनीले बताए । अहिलेसम्म कोषमा एक लाख ४० हजार जम्मा भएको छ । रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारीले नगरपालिकाले आर्थिक सहयोग गरिरहेकोले अझै धेरै सहयोग गर्ने बताइन् । व्यवस्थापन र संचालनको लागि समितिले काम गर्ने भएकोले आफुहरुले आर्थिक सहयोग गरेको उनको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D