gulminews logo
शनिबार, २०८१ बैशाख ८

श्रीमान बेपत्ता, श्रीमतीको झुपडीमा वास छैन् खाने गास

अनिल खत्री
६ असार, गुल्मी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सर्तकता अपनाउन चलेको लडकडाउनले कतिपयको वर्गको दैनिकीमा निकै कष्ट थपिदिएको छ । हुँदा खाने वर्गको निम्ति लकडाउनले निकै नै पिडा बनाइदिएको छ ।

दिनभरि मेलापात गरेर साँझ बिहान चुलो बाल्न संघर्ष गर्नेको निम्ति लकडाउनले निकै नै समस्या थपिदिएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमिचौरकी बिमला कुँवर यस्तै समस्या माथी समस्यामा परेकी छन् ।

घरको दैनिकी चलाउनको निम्ति संघर्ष गरेकी ति महिलाको निम्ति लकडाउनकै समयमा भएको सानो घरपनि हावाले उडाइ दिएपछि समस्या परेको हो । यता श्रीमती छोराछोरीको लागि मिठो खुवाउने आशामा बिदेसिएका श्रीमान एक वर्षदेखि बेपत्ता छन् ।

श्रीमान भारतमा बेपत्ता हुनु र भएको सानो घर पनि एक साता अघि आएको हावाहुरीले उडाइदिएपछि खानाको निम्ति समस्या परेको पिडित बिमला कुँवरले बताइन् । उनका श्रीमान भारतको पंजावमा एक वर्ष पहिले होटलमा काम गर्न भनि गएका थिए ।

उनि घर परिवारको सम्पर्कमा नआउदा श्रीमतीलाई परिवार चलाउनको निम्ति समस्या थपिएको छ । घरमा साना २ वटा बच्चाहरु छन् । बच्चाहरु जेनतेन पाल्दै आएकी उनि भर्खर ३२ वर्षकी भएकी छन् । बस्नको निम्ति बास बनाउने ठाउँ बाहेक अन्य जग्गा जमिन छैन् । घरमा साँझ बिहान चुलो बाल्न दैनिक ज्याला मजदुरी गर्न पर्छ ।

तर ज्याला मजदुरी गर्न अहिले लक डाउनले खासै बोलाउने पनि गर्दैनन् । घरमा श्रीमान नहुनु त्यो माथी पनि कमाउन गएका श्रीमानको अत्तोपत्तो नहुनुले उनिमाथी थप पिडा माथी पिडा थपिदिएको महिलाले बताइन् ।

हावाले उडाइ दिएको घर अहिले छिमेकी मिलेर बस्न मिल्ने सम्म बनाइदेका छन् तर खाना खाने, ओडने ओछाउने लगायतका सामाग्रीको समस्या रहेको कुवँरले बताइन् । गाउँका छिमेकीले बाँसले बारेर बस्नको निम्ति घर भएपनि तत्कालै खानको निम्ति समस्या परेको हो ।

लक डाउनको बेला वडा कार्यालयले राहत दिएपनि तत्कालको लागि मात्रै भएको कुँवरले बताइन् । पछिल्लो समय यता कोरोना संक्रमणका बिरामीहरु बढेसँगै यस्तै समस्यामा परेका यस्ता प्रतिनिधी मुलक पात्र हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D