gulminews logo
बिहीबार, २०८१ बैशाख १३

श्रीमानकै प्रतिक्षामा ३१ बर्ष बिते, भारतमा बेपत्ता हुने धेरै

टोपलाल अर्याल
गुल्मी, २६ माघ। गुल्मीको चन्द्रकोट गाउँपालिका ६ रुपाकोटका बालकृष्ण भण्डारी ३० बर्षदेखि बेपत्ता छन् । श्रीमति सावित्रा ३१ बर्षदेखि श्रीमानकै प्रतिक्षामा छन् । बालकृष्णले २८ बर्षको उमेरमा ०४५ सालमा बिहे गरेका थिए । त्यतिबेला सावित्रा १७ बर्षकी थिइन् । बिहे गरेको आठ दिनका दिन दुरान फर्काएर बालकृष्ण भारत गए । तीन बर्षसम्म तीन चिठी समेत पठाए । तर आफु फर्केर आएनन् । न छोराछोरी न श्रीमान सावित्रा ३० देखि ३५ बर्षसम्म रोएरै बसिन् ।

चन्द्रकोट – ६ रुपाकोटकी सावित्रा भण्डारी

अहिले दुःखले परिवारसंग लडेर पाएको एक टुक्रा जमिन र श्रीमानको पुरानो फोटो मात्रै छ । ‘बिहेमा खिचेको फोटो र एक टुक्रा जमिन बाहेक केहि छैन,’उनले भनिन,‘मर्ने बेलासम्म कि लास कि सास पाए हुन्थ्यो ।’ सावित्राले छिमेकीको घरमा बसेर कष्टपूर्ण जीवन कटाएकी छन् । अहिले १२ बर्षदेखि बेपत्ता व्यक्तिलाई मृत्युको न्यायीक घोषणा गर्ने नयाँ कानुनी व्यावस्था रहेको छ । तर भण्डारीले त्यस बारेमा पत्तो छैन् ।

६० बर्षमा मृत्युको घोषणा

रेसुङ्गा नगरपालिका १२ दुविचौरका चन्द्र बहादुर बलाल २०१६ सालबाट बेपत्ता थिए । घरबाट भारत हिडेका उनी ६० बर्षसम्म फर्किएनन् । त्यतिबेला बलाल १४ बर्षका थिए । उनका श्रीमति छोराछोरी र बुबा आमा समेत छैनन् । नयाँ मुलुकी देवानी संहितामा मृत्युको न्यायीक घोषणा गर्न पाउने व्यास्था अनुसार भाई कृष्ण बलालले जिल्ला अदालत गुल्मीमा मृत्युको न्यायीक घोषणाको लागि निवेदन दिए । अदालतले गत ८ पुसमा भाई कृष्ण बलाललाई मृत्युको प्रमाण पत्र प्रदान गरेको छ ।

अधिकांश भारतबाट बेपत्ता

गुल्मी दरवार गाउँपालिका ४ का दुर्गा प्रसाद पोख्रेल ०६२ साल असारदेखि बेपत्ता थिए । ५१ बर्षको हुँदा घरबाट भारत हिडेका पोख्रेल अहिलेसम्म फर्किएनन् । खोज्ने सवै उपाय लगाए पनि कुनै पत्तो लागेन् । उनकै प्रतिक्षामा परिवारले १४ बर्ष बिताए । नयाँ कानुनी व्यावस्था अनुसार श्रीमतिले जिल्ला अदालत गुल्मीमा निवेदन दिइन् । अदालतले १४ बर्षपछि मृत्युको न्यायीक घोषणा गरेर श्रीमति धेवकला पोख्रेललाई ०७६ मंसिर १८ गते प्रमाण पत्र प्रदान गरेको ग¥यो । त्यस्तै गुल्मी दरवार गाउँपालिका ३ का भक्त बहादुर थापा पनि ०६३ सालबाट बेपत्ता छन् । परिवारका अनुसार उनी पनि ३५ बर्षको उमेरमा रोजगारीकै लागि भारत पसेका हुन् । त्यस दिनदेखि श्रीमति गीता र परिवार भक्तकै प्रतिक्षामा बसे । श्रीमान खोज्ने केहि उपाय लागेन । अदालतमा आएर नयाँ कानुन अनुसार मृत्युको न्यायीक घोषणाको लागि गीताले निवेदन दिइन् । अदालतले १३ बर्षपछि श्रीमति गीतालाई मंसिर २० गते मृत्युको घोषणा भएको प्रमाणपत्र दिएको छ । दर्ता भएका अधिकांश निवेदनमा भारत गएर नफर्किएका निवेदन धेरै रहेको अदालतले जनाएको छ ।

२७ निवेदन दर्ता : १५ थान फछर्यौट

जिल्ला अदातल गुल्मीमा यो आर्थिक बर्षमा २७ वटा मृत्युको न्यायीक घोषणा सम्बन्धि निवेदन दर्ता भएका छन् । जसका अहिलेसम्म १५ जनाले नयाँ व्यावस्था अनुसार मृत्युको न्यायीक घोषणाको प्रमाण पत्र पाएका छन् । अरु केहि निवेदनको आवश्यक कागज पत्र संकलनको काम भइरहेकाले केहि समयमै प्रमाण पत्र प्रदान गरिने जिल्ला अदालत गुल्मीका सुचना अधिकारी श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए । अहिलेसम्म यो प्रकृतिका निवेदन गुल्मी दरवार गाउँपालिकाका सवैभन्दा बढि छन् । यो आर्थिक बर्षमा मात्रै नौ थान निवेदन गुल्मी दरवार गाउँपालिकाका थिए । त्यो मध्ये सात थान निवेदनको प्रक्रिया पुरा गरेर मृत्युको न्यायीक घोषणाको प्रमाण पत्र प्रदान गरिएको लामिछानेले बताए ।

नयाँ कानुनी व्यावस्था

मुलुकी देवानी संहिता ०७४ को भाग २ व्यक्ति सम्बन्धि कानुनको परिच्छेद १ को दफा ४० मा मृत्यु भएको मानिने र सोहि दफाको अन्य उपदफाहरुमा बेपत्ता वा मृत्युको न्यायीक घोषणा गर्ने कानुनी व्यावस्था रहेको छ । जसको लागि १२ बर्षसम्म कुनै व्यक्ति बिना सुचना बेपत्ता भएको वा कुनै बिपद् वा दुर्घटनामा परेकोले निजको मृत्यु वा बेपत्ता भएको मिति, ठेगाना र आधार प्रमाणसहित मृत्युको न्यायीक घोषणा गरि पाउँ भनी जिल्ला अदालतमा निवेदन दिनुपर्छ । अदालतले निवेदनको आधारमा आवश्यक कागज प्रमाण बुझेर त्यस्ता व्यक्तिको सम्बन्धमा मत्युको न्यायीक घोषणा गरेर प्रमाण पत्र प्रदान गरिने जिल्ला अदालतका श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए । तर मृत्युको घोषणापछि व्यक्ति फर्किएर आएमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर अदालतले घोषणा संसोधन वा बदर गर्ने सक्ने व्यवास्था रहेको उनले बताए ।
फोटो ः । र उनको बिहेको फोटो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D