gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

शोकमा गुल्मी तम्घासका पसल व्यवसाय बन्द

अनिल खत्री
६ असोज, गुल्मी । गुल्मीमा मंलवार राती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन व्यवसायी तिलक परियारका ३ छोरीको पहिरोमा परेर मृत्यु भएको शोकमा बुधवार दिउँसो १ बजेबाट तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीमा महासचिव ताराप्रसाद भुसालले बताए ।

तिलक परियारले तम्घास बजारमा टेलरिङ्ग व्यसाय गर्दै आएका छन् । मंगलवार राती पहिरोमा परेर २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको थियो ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएर मृत्यु भएको थियो । पहिरोमा अरु ३ जना सकुशल रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D