gulminews logo
मंगलवार, २०८१ बैशाख ४

शैक्षिक भ्रमणबाट फर्किएको बस दुर्घटना, १६ जनाको मृत्यु

६ पुस, दाङ । दाङको तलुसीपुर नगरपालिका-३ राम्री भन्ने ठाउँमा शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरू चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् ।

बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गएर फर्किएका घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थीहरू चढेको बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ६/७ सय मिटर तल खसको हो ।

दुर्घटनास्थलमा ३ महिला १३ पुरुषको जम्मा १६ शव फेला परेको तर सनाखत हुन बाँकी रहेको दाङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ११ जनालाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । उनीहरू मध्ये केहीको अवस्था गम्भीर छ ।

बसमा ३४ जना विद्यार्थी, दुई शिक्षक र चालक थिए । -अन्लाईनखबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D