शिक्षामन्त्री श्रेष्ठलाई कारवाही गर्न दलित साझा मञ्चको माग

हुमाकान्त पोखरेल
गुल्मी, १० असार । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई मन्त्रीबाट बरखास्त गरी कारवाही गर्न दलित साझा मञ्च गुल्मीले माग गरेको छ । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै मञ्चले दलितलाई कोठा नदिएका घरधनीलाई मन्त्री स्वयम् प्रहरी कार्यालय गई आरोपितलाई छुटाएको भन्दै श्रेष्ठलाई कारवाहीको माग गरिएको हो ।

तनहुँ जिल्ला घर भई हाल काठमाडांैस्थित इमेज च्यानलमा कार्यरत रुपा सुनार दलित भएकै कारण काठमाडौ बबरमहलस्थित सरस्वती प्रधानले सुनारलाई कोठा दिइनन् । रुपाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि प्रहरीले घरधनी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । त्यसैबखत असार ९ गते मन्त्री श्रेष्ठ प्रहरी कार्यालय उपस्थित भई राज्यस्रोतको दुरुपयोग गरेर आरोपितलाई झण्डा भएको गाडीमा राखेर फिर्ता ल्याएकोमा दलित मञ्चले आपत्ति जनाएको हो । मन्त्री श्रेष्ठको यो कार्य नेपालको संविधान र कानुन विपरित भएकोले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको मञ्चका अध्यक्ष गणेश विश्वकर्माले जानकारी दिए ।

राज्यको आडमा संविधान तथा कानुन विपरित काम गर्ने, जातीय छुवाछुत तथा भेदभावलाई हौसला दिने जस्ता गैरकानुनी काम गर्ने मन्त्रीलाई तुरुन्तै मन्त्री पदबाट बरखास्त गरी कडाभन्दा कडा कारवाही गर्न मञ्चले माग गरेको अध्यक्ष विश्वकर्माले बताए । जातका आधारमा कसैलाई छुवाछुत र भेदभाव गर्ने कार्य फौजदारी तथा सरकारवादी कसुर भएकोले मन्त्रीले सिङ्गो दलित समुदायमाथि अपराध गरेको मञ्चले विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।

अपराधको कुनै पार्टी, जात, धर्म र वर्ण नहुने भएकोले जोकोही पनि सजायको भागी हुनुपर्छ भन्न मान्यताको आधारमा न्यायको लडाइँमा दलित साझा मञ्च, गुल्मीले पनि सहयोग गर्ने मञ्चका सदस्य कृष्ण विश्वकर्माले जनकारी दिए । बाहालवाला मन्त्रीलाई कारवाही नगरे दलित साझा मञ्च कडा आन्दोदलनमा उत्रने र त्यसबाट राज्यले ठुलो मूल्य चुकाउनुपर्ने सदस्य विश्वकर्माले चेतावनी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ