gulminews logo
शुक्रबार, २०८० चैत्र १६

शिक्षकहरुलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था

हुमाकान्त पोखरेल
तम्घास, १८ असार (रासस) । शैक्षिक गुणस्तर सुधार्नको लागि गुल्मीको मालिका गाउँपालिकाले शिक्षकहरुको लागि निःशुल्क डिग्री (स्नातकोत्तर) अध्ययनको व्यवस्था मिलाएको छ । गाउँपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसँगको साझेदारीमा पालिकाभित्रका शिक्षकहरुलाई शिक्षा संकायमा निःशुल्क डिग्री अध्ययन गराउने भएको हो । यो सुविधा गाउँपालिकाभित्र वा बाहिर स्थायी ठेगाना भएका तर गाउँपालिकाभित्रका कुनै पनि विद्यालयमा अध्यापन गराउने सबै शिक्षकले प्राप्त गर्नेछन् । शिक्षकहरुले बीचैमा अध्यापन गराउन छोडे भने उक्त सुविधा भने प्राप्त गर्नेछैनन् ।

यसको लागि गाउँपालिकाले क्याम्पस मातहत रहने गरी ‘शिक्षक अध्ययन प्रोत्साहन कार्यक्रम’ को स्थापना गरेको छ । उक्त कार्यक्रमको लागि पालिकाले क्याम्पसलाई शुक्रबार दुई लाख प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिनुभयो । ‘गाउँपालिकामा कतिपय शिक्षकहरु स्नातक उत्तिर्ण गरेर स्नातकोत्तरमा भर्ना पनि हुनुभएको छैन ।’ भण्डारीले भन्नुभयो, ‘उहाँहरुलाई लक्षित गर्दै यस कार्यक्रमको सुरुवात गरेका हौँ ।’ शिक्षक अध्ययनशिल र गुणस्तरयुक्त भएमात्र गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने भएकोले शिक्षकहरुलाई निःशुल्क डिग्री अध्ययनको व्यवस्था मिलाइएको भण्डारीको भनाई छ । यस बर्ष विभिन्न विद्यालयका ४० जना विद्यार्थी–शिक्षक उक्त कार्यक्रमबाट लाभाम्बित हुनेछन् ।

रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पसका क्याम्पस प्रमुख हरी बहादुर खत्रीले त्रिभुवन विश्वविद्यालयले लिने रजिष्ट्रेशन, परीक्षा र थेसिस शुल्कबाहेक अन्य सबै खर्च गाउँपालिकाले ल्याएको कार्यक्रमबाट भुक्तान हुने बताउनुभयो । ‘एकजना विद्यार्थीको लागि प्रथम सेमेस्टरमा औषतमा ३० हजार र सबै सेमेस्टर सकिदा एक लाख २० हजारभन्दा धेरै खर्च हुन्छ ।’ खत्रीले भन्नुभयो, ‘यसरी खर्च हुँदा बार्षिक दुई लाखले पुग्दैन, तर पालिकाको नीति कार्यान्वयमा क्याम्पस सहयोगी संस्था बन्छ ।’ क्यामपस प्रमुख खत्रीले आगामी बर्षमा विद्यार्थी हुँदा वा नहुँदाको अवस्थामा पनि पालिकाबाट निरन्तर सहयोग आउने र अन्य पालिकाहरुबाट पनि यस्तै प्रकारको सहयोगको अपेक्षासहित कार्यक्रम सम्झौता गरिएको बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D