gulminews logo
बिहीबार, २०८१ बैशाख ६

शान्तिपुरमा पक्की पुल बन्दैः मन्त्री वरादद्धारा शिलान्यास

प्रेम सुनार

बुटवल, मंसिर ११ । गुल्मीको चोरकाटे रुपाकोट हुँदै शान्तिपुर जोड्ने सडक खण्डको हरेवा खोलामा पक्की पुल बनाउन सुुरु गरिएको छ । उक्त पुलको मंगलवार विहान प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले शिलान्यास गरेका छन ।

प्रदेश ५ भौतिक पुर्वधार विकास मन्त्रालय , यातायात पुर्वधार निर्देशनालय अन्तर्गत राष्ट्रिय ग्रामिण यातायात सुद्धिढिकरण करण ( एसएनआरटिआर ) कार्यक्रम तम्घास गुल्मीद्धारा ३ करोड ६७ लाख ४ हजार ६ सय ३७ रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त सडकको मन्त्री बरालले उदघाटन गरेका हुन ।

शान्तिपुरमा मोटरबाटो खुलेको यतिका बर्ष सम्म पनि हरेवा खोलामा पुल बन्न नसकेकोले त्यस भेगका जनताले बर्षायामा ठुलो सास्ती खेपेको स्मरण गर्दै मन्त्री वरालले अब पुल बन्न सुरु भएको प्रति चन्द्रकोटवासीलाई बधाई दिए ।

उनले विकास निर्माण समयमा सुरु नहुने , सुरु भए पछि पनि समय मै काम नहुने र गुणस्तर पनि नहुने भन्दै त्यस पुल निर्माणको जिम्मा पाएका भागवात गिरीबाट त्यस्तो कार्य नहुने बिश्वास ब्यक्ति गरे । ( वाईट )

उनले सम्झौता अनुसारको गुणस्तर समय अवधी भित्रै काम सम्मन हुने आफुले अपेक्षा राखेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री वरालले भने–‘ प्रदेश सरकारको तर्फबाट प्रत्येक स्थानिय तह सम्म पुगेका मोटरबाटोहरुलाई पिच गर्ने लक्ष्य लिएको छ । सोही अनुरुप यस बर्ष चोरकाटे देखि शान्तिपुर सम्मको मोटरबाटो पिच गर्नका लागि प्रदेश सरकारबाट दुई करोड परेको छ , अब काम छिट्टै सुरु हुन्छ । उता तुराङ्गवासी मजुवा गेखुङ्ग शान्तिपुर मोटरबाटो खोल्न ढिलाई हुँदा निकै समस्यामा परेका छन । उक्त मोटरबाटो पनि यसै बर्ष सम्पन्न हुने गरी निर्माण कार्य सुरु हुँदै छ । ’

पारी तुराङ्गवासी पालिकामा आवत जावत गर्ने मोटरबाटो सम्पन्न नहुँदै ठुलो समस्यामा परेका छन । गोखुङ्गा तर्फको मोटरबाट शान्तिपुर सम्म जोड्ने कार्य यसै बर्ष सम्पन्न गरिने छ । शान्तिपुर देखि बाग्लुङ्गको बरेङ्ग सम्म जोड्ने मोटरबाटो पनि क्रमशः पिच गरिने छ । उता स्याङ्गजा वालिङ्ग हुँदै पुर्तिघाट , शान्तिपुर हुँदै प्युठान भालुवाङ्ग सम्म पुराउने लक्ष्य लिईएको मोटरबाटो पनि निर्माण गर्ने क्रममा छ । हिजो विकासका दृष्टिले कुनामा परेको चन्द्रकोट अब नयाँ ढंगले विकास गरिदैछ । ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का जिल्ला नेता तथा स्थानियवासी युवराज केसीका अनुसार चन्द्रकोटका जनप्रतिनिधी, स्थानिय राजनैतिक दलका नेताहरुले माग गरे अनुरुप नेकपाका नेता तथा केन्द्र सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली , प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालको बिशेष पहलमा हुग्दीखोला शान्तिपुर पक्की पुल , हुग्दीखोला मजुवा पुल , हुग्दीखोला पुल , बढिघाट खोला पुल बनेका हुन ।

खैरनी जोहाङ्ग पुल र लिम्घाको लुङदीखोला पुल पनि उनिहरु कै पहलमा बन्दै गरेको केसीले बताए । उनले मजुवा गेखुङ्ग शान्तिपुर मोटरबाटोका लागि यस बर्ष १ करोड ३१ लाख रुपैयाँ परेको , शान्तिपुर हर्राचौर ओलीवाङ्ग मोटरबाटो स्तर बृद्धिका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन भई काम सुरु भएको जानकारी दिए ।

यातायात पुर्वधार निर्देशनालय प्रदेश ५ तम्घास गुल्मीका ईञ्जिनियर विनोद चौधरीले समय मै गुणस्तरिय काम गराउने प्रतिबद्धता जनाएका थिए । निर्माण ब्यबसायी भागवत गिरीले पनि आफुले सम्झौता अनुरुपको काम गर्ने बताएका थिए ।

शिलान्यास कार्यक्रममा चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री , उपप्रमुख राधिका अर्यालय लगायतको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको संयोजन चन्द्रकोट गाउँपालिका प्रमुख कृष्णप्रसाद भण्डारीले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D