gulminews logo
मंगलवार, २०८० चैत्र ६

शव लिएर बुटवलबाट गुल्मी आउँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

गुल्मी, पुष १८ । बुटवलबाट शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा थप ८ जना घाईते भएका छन् । शव लिएर बुटवलबाट गुल्मीको रिडी आउँदै गरेको लु१ख ७२७९ नम्बरको बस दुर्घटना भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

बुटवलदेखि शव दाहसंस्कारका लागि गुल्मीको रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो । प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ । घाइतेलाई पाल्पा मिसन अस्पताल पठाइएको छ ।

आईतबार बिहान करिब १०ः३० बजे तिर भएको दुर्घटनाका मृतकहरुको सनाखत हुन बाँकी रहेको जनाइएको छ । करिब ३५ जना मलामी सवार रहेको बामा दुर्घटनामा परेकामध्ये ७ जनाको गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D