gulminews logo
शनिबार, २०८१ बैशाख ८

विश्व वातावरण दिवसको अवसरमा रेसुङ्गा वालउद्यान वृक्षारोपण

अनिल खत्री
२२ जेठ, गुल्मी । विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ स्थित रेसुङ्गा वालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

‘पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नारा का साथ वालउद्यान पार्कमा तेजपत्ता, रिठा, चाप, कलक, देवदार धुपीलगायतका झण्डै १ सय वटा विरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना शर्माले बताइन् । डिभिजन वन कार्यालयले जिल्ला भर डेढ लाख बहुवर्षिय विरुवा उत्पादन गरेको छ ।

वृक्षारोपण सिजन सुरु भएकाले अब अन्य क्षेत्रमा पनि वृक्षारोपण गरिने शर्माले बताइन् । विश्व बिभिन्न किसिमका वातावरणीय समस्या झेल्दै गइरहेको छ ।

जलवायु परिर्वतन भइरहेको, पृथ्वी तात्दै गइरहेको, वन विनाश तिब्र रुपमा भइरहेको मावनका लागि पृथ्वी बस्न योग्य नहुने हो की भन्ने किसिमको समस्या उत्पन्न हुन थालेपछि आजको दिनलाई विश्व वातावरण दिवसको रुपमा वृक्षा रोपण गरेरमनाउन थालिएको हो ।

पछिल्लो समयमा विकास र बिभिन्न कारणबाट बातावरणमा असर पर्दै जान थालेकाले यसलाई जोगाई राख्न सबैले ध्यान दिनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । मानवले प्रकृतिको दोहन गर्नाले बिभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि वोटविरुवा रोप्न र यसको संरक्षण गर्नु आबश्यक रहेको गैरेले बताए ।

मानवले प्रकृतिको दोहन गर्नाले बिभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि बोटविरुवा रोप्न र यसको संरक्षण गर्नु आबश्यक रहेको रेसुङ्गा नगरपालिका वडानम्बर–९ का वडाअध्यक्ष कृष्ण पोण्डेले बताए । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले वातावरण स्वच्छ राख्न सबैले आ–आफनो ठाउँबाट सहयोग गरे सुन्दर स्वच्छ वातावरण राख्न सकिने बताए ।

विश्व वातावरण दिवसको अवसरमा सबैले आ–आफनो खाली ठाउँमा वृक्षारोपण गर्नुपर्छ भन्ने उदेश्यले वृक्षारोपण गरिएको सापकोटाले बताए । सबै वातावरण संरक्षणमा संलग्न छौं भन्ने उदेश्यले सवैले एउटा एउटा विरुवा रोपौं भनेर सांकेतीक रुपमा वृक्षारोपण गरिएको उनले बताए ।

मानवको बस्ती विकाससँगै बिभिन्न कारणले वातावरणीय क्षेत्रमा असर पर्दै जान थालेकाले संरक्षणमा सबैको ध्यान पु्ग्न जरुरी रहेको बताए । वातावरण स्वच्छ सुन्दर रहे हामी रहने हुँदा आफनो भन्दा पनि हाम्रो लागि वातावरण जोगाउनु यसलाई संरक्षण गर्नु आबश्यक रहेको सापकोटाको भनाई छ ।

विरुवा रोपणमा बिभिन्न कार्यालय, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधी, पत्रकारहरुले बिभिन्न जातका वृक्षा रोपण गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D