gulminews logo
शनिबार, २०८१ बैशाख १५

विभाजनले असर गरेको छैन : एमाले सचिव ज्ञवाली

हुमाकान्त पोखरेल
गुल्मी, ०९ कात्तिक । नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री प्रदिप कुमार ज्ञवालीले विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको दाबी गरेका छन् । मंगलबार नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै सचिव ज्ञवालीले अधिकाशं कार्यक्रता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए ।

एमालेको केन्द्रीय कमिटीमा २३ प्रतिशत र स्थानीय तहका सात प्रतिशत मात्रै माधव नेपालको समाजवादीमा गएको बताए । गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसिको कुरा भएको बताउदैँ नेता ज्ञवालीले एमाले छोडेका पनि फर्कने क्रम सुरु भएको दाबी गरे । फरक प्रसङ्गमा नेता ज्ञवालीले अहिले देशमा कार्यपालिका र न्यायपालिकाबीच अपवित्र साटघाढ भएको आरोप लगाए ।

परमादेश दिएबापत जेठानलाई मन्त्री बनाउने बिषय गलत रहेको उनले बताए । एमालेले सुरु गरेका थुप्रै कामहरु अहिलेको सरकारले खारेज गरेर जनविरोधि काम गरेको उनको भनाई छ । देशभर १४ सय सडक बनाउने, भूमिहिनलाई लालपुर्जा दिने लगायतका कार्यक्रम कटौति गरेर सरकार आफैले जनविरोधि भएको पुष्टि गरेको उनको बुझाई छ ।

पञ्चायतको विरोध, राजा हटाउने लगायतका ठुलाठुला राजनीतिक परिवर्तनमा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले यस्ता कामहरु अब जनतामाझ लैजानुपर्ने नेता ज्ञवालीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D