विप्लव समूहले गरेको बन्दले गुल्मीको जनजीवन प्रभावित, मुख्य बजारहरु बन्द रहे

अनिता खत्री
गुल्मी, जेठ १३ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ । आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दले सदरमुकाम तम्घाससँगै जिल्लाका मुख्य बजारहरु बन्द रहेका थिए ।

जिल्लाबाट लामो तथा छोटो दुरीका सवारीका साधन छुट्न नसक्दा यात्रुहरु अलपत्र परेका थिए । त्यस्तै शैक्षिक संस्था,कलकारखाना,उद्योगधन्दा बन्द भएका थिए । जिल्लाको शान्ती सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायले उच्च सर्तकता अपनाएको थियो । जिल्लाको शान्ती सुरक्षालाई कायम राख्नका लागि प्रशासनले उच्च सतर्कता अपनाईएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

बन्दले जिल्लाको शैक्षिक संस्थाहरु ठप्प भएका थिए । विद्यालय क्षेत्रलाई शान्ती क्षेत्रको रुपमा लिईएपनि पठनपाठन ठप्प हुँदा हजारौँ बिद्यार्थीहरुको पढाईमा प्रभाव परेको थियो ।
बेला–बेलामा भईरहने बन्दका कारण बिद्यार्थीहरुको पठनपाठन प्रभावित हुने भएपछि शिक्षाको गुणस्तर खस्कने शिक्षा विकास तथा समन्व्य एकाई गुल्मीका प्रमुख राम बहादुर थापाले बताउनुभयो ।

सामान्यतयाः बिद्यालय प्रशासन छिटफुट रुपमा खुला रहे पनि बन्दले पठनपाठन भने अवरुद्ध भएको थापाको भनाई छ ।शिक्षा प्रवाह गर्ने बिद्यालय जस्तो क्षेत्रमा बन्द गर्ने नहुने भन्दै थापाले यसले लाखौँ बिद्यार्थीहरुको भविष्य अन्धकारमा धकेलिने बताउनुभयो ।

बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन छुट्न सकेका थिएनन् । छिटफुट छोटो दुरीमा साना मोटरसाइकल,कार जस्ता सवारी साधन सञ्चालन भएपनि निर्वाध रुपमा भने यातयातका साधनहरु सञ्चालनमा आउन नसकेका जिल्ला ट्रार्फिक प्रहरी कार्यालय गुल्मीका प्रमुख पृथ्वी नारायण काफ्लेले बताउनुभयो । बन्दले व्यापार व्यवसाय ठप्प हुँदा यसले अर्थतन्त्रमा समेत ठुलो मात्रामा असर पु¥र्याउँछ । एक दिनको बन्दले पनि ठुलो मात्रामा व्यापारमा ह्रास ल्याउने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D