gulminews logo
शनिबार, २०८१ बैशाख १५

विना थापालाई मर्दैछु भन्ने पहिल्लै थाह थियो ? यस्तो लेखेकी थिईन स्ट्याटस

प्रेम सुनार
गुल्मी, पुस–१२ । आज दिउँसो काठमाण्डौमा सडक दुर्घटनामा मृत्यु भएकी गुल्मेली कलाकार विना थापाको फेशवुक स्टाटस हेर्दा उनको अन्तरआत्माले मर्छु भन्ने कुरा पहिल्लै थाह पाई सकेको थियो कि भन्ने अनुभुत हुन्छ ।

उनले फेशवुकमा यस्तो लेखेकी छन्–‘जिन्दगी के रहेछ त ? यस्तै कुराले मलाई पिरोल्छ । धेरै जसो पशुपति नाथको दर्शन , त्यहाँको माहोलमा टोलाई रहन मन लाग्छ । त्यहाँको गतिविधी हेर्नका लागि म प्राय पशुपतिनाथ जाने गर्छु । आफुलाई फ्रेस बनाउन र केहि बुझ्न , त्यहाँ बसेको पत्तो लाग्दैन म लाग्छ । मृत्यु भयानक छ तर इमान्दार छ । मानिसको ईमान्दार मित्र कोही छ भने त्यो मृत्यु हो । मृत्युले कहिल्लै धोका दिदैन । जन्म देखि संगै बस्ने र जाँदा संगै लिएर जाने मृत्यु नै रहेछ । जिवनको आफ्नै लय हुन्छ जिवनको लय भन्दा फरक हुन्छ । मृत्यु सधै दुःखदायी हुन्छ तर दुखको कारण मृत्यु होईन त्यो प्रेम हो । ’ स्मरण रहोस उनले २७ नोभेम्वरको साँझ लेखेको उक्त स्टाटस आज ठिक एक महिनाका दिन डिशेम्वर ७ को साँझ मृत्यु संग साँच्ची कै प्रेम सम्वन्धमा बाँधिएकी छन।

यो जिवनमा उनले नजिकको मित्र कोही छ भने मृत्यु नै देखेकी छन् । पशुपतिनाथ र आर्यघाटको दृश्य संग टोलाई रहने मन उनलाई किन लाग्न थाल्यो ? यसले पनि उनको भित्रि आत्माले मृत्यु संग प्रेम गर्न सुरु गरेको रहे छ भन्ने अनुभुत गर्न सकिन्छ । कुन तनावका थिईन उनि र फ्रेस हुनका लागि प्राय पशुपतिनाथ जान रुचाउँ थिन् । एक्कासी पानी ट्याङ्गीको ट्रकले उनको स्कुटरलाई हानेर उनको ज्यान गएको छ बत्तिसपुतली काठमाण्डौंमा कतै कसैको शुनियोजित षडयन्त्र पो थियो कि ?

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजलेकी चेली हुन विना थापा । गाउँमा आँखामा राखेर नबिझाउने नानीका रुपमा परिचीत उनि काठमाण्डौमा पुगे पछि नृत्य कलाकार र मोडलिङ्ग क्षेत्रमा जमेकी थिईन् । सिने क्षेत्रमा कतिपय वेला कतिपय अभिनेत्रीहरुलाई आत्मा हत्या गर्न बाध्य पारिने र कतिपयको हत्या गरिने भएको हुँदा उनका वारेमा पनि प्रहरीले गम्भीर अनुसन्धान गर्न जरुरी छ । २७ वर्षिया विनाको विवाह भएको थिएन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D