विद्युतीकरणलाई व्यवस्थित गरिदिन मन्त्री भुसाललाई गुल्मीका युवाको आग्रह

काठमाडौं, १५ भदौ । गुल्मीको मदाने गाउँपालिकाका युवाहरुले पालिकाभित्रको विद्युतीकरणलाई व्यवस्थित गरिदिन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई आग्रह गरेका छन् ।

मन्त्री भुसाललाई मंगलबार ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर स्थानीयले अकालमै ज्यान गुमाउनु परेको गुनासो गरे ।

विद्युत प्राधिकरणको लापरबाहीका कारण विभिन्न स्थानमा नाङ्गो तार लत्रिँदा सर्वसाधारणले ज्यान नै गुमाउनुपर्ने अवस्था आएकाले यसको उचित व्यवस्थापनका लागि पहल गरिदिन मन्त्री भुसालसँग आग्रह गरिएको स्थानीय जयप्रकाश भुसालले बताए ।

मदाने गाउँपालिका–१ अग्नुङ्गामा भदौ १३ गते गाईवस्तु चराउन गएका स्थानीय बोमबहादुर राउतको करेन्ट लागेर मृत्यु भएको थियो । स्थानीय मनोज खत्रीका अनुसार राउतले ओढेको छाताको टुप्पोले लत्रिएको बिजुलीको नाङ्गो तारलाई छुन पुग्दा करेन्ट लागेको थियो ।

मन्त्री भुसालले ध्यानाकर्षण पत्र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई दिने र यसबारे सत्यतथ्य बुझेर समस्या समाधानका लागि पहल हुने आश्वासन दिएको स्थानीय वसन्त राउतले बताए ।

जनताको जीउज्यानको सुरक्षा गर्नु र सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई प्रवाह गर्नु सरकारको प्रमुख दायित्व रहेको भन्दै उनीहरुले समस्याको समाधान अविलम्ब गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको रोशन भुसालले बताए ।

मदाने–१ मा २०७४ सालमा विद्युतीकरण भएको थियो ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र :

अन्लाईनखबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ