gulminews logo
मंगलवार, २०८० चैत्र ६

विद्यालयको भवन अलपत्र पारेर ठेकेदार फरार

सन्तोष महतारा
गुल्मी, ०३ साउन ÷ गुल्मीमा निर्माणधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् ।

भारतीय राजदुताबासको सहयोगमा शौचालयसहित निर्माण गर्न लागिएको विद्यालयको २० कोठे भवन निर्माण सम्पन्न नगरी निर्माण व्यवसायी सम्पर्कबिहिन रहेको विद्यालयले जनाएको छ । विद्यालयको भवन निर्माणका लागि आर्थीक वर्ष २०७२÷०७३ मा कुल १ करोड ६६ लाखमा टेण्डर आह्वान भएको थियो । वि.सं. २०७३ मा काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘प्रवेश ब्रदर वसिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन’ ले ९९ लाखमा निर्माणको जिम्मा पाएको विद्यालयका प्राधानाध्यापक बिष्णु घिमिरेले बताए ।

वि.सं. २०७५ असोजमा सक्नेगरी जिम्मा पाएको थियो । विद्यालयको भवन निर्माण गर्न सुरु गरी बिभिन्न बहानामा २ पटकसम्म म्याद थप गरी भवन निर्माणको काम ढिलासुस्ती रुपमा निर्माण व्यवसायी दिनेश लामाले गरिरहेका थिए । पछिल्लो पटक थपिएको म्याद वि.सं. २०७७ माघमा सकिएको छ । तर, निर्माण व्यवसायी लामा विद्यालयको सम्पर्कमा छैनन् । अघिल्लो वर्षको माघमा विद्यालय निर्माणका लागि थप गरिएको म्याद समेत सकिएको यति धेरै समय वितेपनी निर्माण व्यवसायी लामा कसैसँग सम्पर्कमा नरहेको विद्यालयका प्राधानाध्यापक घिमिरेले जानकारी दिए । “विद्यालयको भवन अलपत्र पारेर निर्माणको जिम्मा पाएका ठेकेदार दिनेश लामा हामीसँग सम्पर्कबिहिन छन् ।” विद्यालयका प्राधानाध्यापक घिमिरेले भने, “ठेकेदारले भवनको २५ प्रतिशत काम बाँकी छाडेर करिब ७५ लाख रकम भुक्तानी लिएर फरार धएका हुन् ।” अलपत्र पार्दा निर्माण व्यवसायी लामालाई हामीले पनि बारम्बार सम्पर्क गर्न खोज्दा उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

विद्यालयको भवन निर्माण सम्पन्न गर्न स्विकृत लिएको मितिले १५ महिनाभित्र अर्थात् वि.सं. २०७५ असोजमा सक्नेगरी सम्झौता भएपनि निर्माण सम्पन्न नगरी विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन् । विद्यालयको भवन समयमा निर्माण सम्पन्न नगर्नाले विद्यार्थीहरुको पठनपाठनमा ठूलो असर परेको अभिभावक तथा शिक्षकहरुले गुनासो गरेका छन् । निर्माणधिन विद्यालयको २० कोठे भवनका लागि २ तला ढलाई गरिएको छ । कुल कामको २५ प्रतिशत काम बाँकी रहेको छ । उनले रकम भुक्तानी लैजान पनि कुल रकमको २५ प्रतिशत बाँकी रहेको छ । ठेकेदार तत्काल सम्पर्कमा आएर निर्माणधिन भवनको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने माग विद्यालयले रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D