gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

विद्यार्थीले बनाएका शैक्षिक सामग्री हेरेर शिक्षक र अभिभावक दंग

गुल्मी । विद्यालय परिसर रंगीचंगी बनाइएको थियो । विद्यार्थीद्वारा विभिन्न स्टलमा विज्ञान, गणित, सामाजिक, सांस्कृतिक लगायतका सामग्री प्रदर्शन गरिएको थियो । अभिभावकहरुको उल्लेख्य उपस्थिति थियो । उनीहरुले आफ्ना छोराछोरीले बनाएका विभिन्न विषयका शैक्षिक सामग्री हेरेर दंग देखिन्थे । विद्यार्थीले सोलार पावरबाट मोटर गुडाएको देखेपछि अभिभावकहरु समेत हौसिएका थिए । विद्यार्थीहरुले हावाबाट बिजुली निकालेर देखाउँदा अभिभावकचाहिँ हेरेको हे¥यै भए ।

हाइड्रोलिक ब्रेकले कसरी काम गर्छ ? ज्वालामुखी कसरी निस्कन्छ ? ब्याट्रीले कसरी काम गर्छ ? फिल्म कसरी बन्छ ? लगायतका विषयलाई विद्यार्थीले स्थानीय सामग्रीबाट रोचक ढंगले प्रस्तुत गरेका थिए । पुराना मुद्रा, पुरानै औजार, पुराना भाषा संस्कृति, विभिन्न वनस्पिति र जीवजन्तुहरुको प्रदर्शन हेरेर अभिभावक एवं अवलोकनकर्ताहरु सन्तुष्ट देखिन्थे ।
Clay Works
यो दृश्य थियो सिद्धबाबा मावि तम्घास गुल्मीले विश्व विज्ञान दिवशको अवसरमा आयोजना गरेको बृहत् शैक्षिक सामग्री प्रदर्शनीको । प्रदर्शनीमा कक्षा–नर्सरीदेखि १२ सम्मका विद्यार्थी तथा शिक्षकद्वारा स्थानीय स्रोतसाधन प्रयोग गरी बनाइएका विभिन्न विषयगत सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालय निरीक्षक पिताम्बर पन्थी तथा स्रोतव्यक्ति ताराबहादुर राउत, सल्लाहकार समिति, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, शिक्षकलगायत स्थानीय बुद्धिजीवि र शिक्षाप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
Principal Dor Bikram Shrees giving welcome speech to the guests
कार्यक्रममा तहगत रुपमा उत्कृष्ट सामग्री बनाई कक्षा ११ र १२ बाट शैलेस भलामीको समूह प्रथम, सूर्यबहादुर कुँवरको समूह द्वितीय र करिना श्रीसको समूह तृतीय भएके थिए ।

त्यस्तै, कक्षा ९ र १० बाट अमृत पन्थीको समूह प्रथम, मुक्तबहादुर पुनको समूह द्वितीय र हिना कुँवरको समूह तृतीय भएको थियो । त्यसैगरी, आधारभूत तहबाट निकेश कुँवरको समूह प्रथम, सन्दिप वि.क.को समूह द्वितीय र दिपेश वि.क.को समूह तृतीय भएका थिए । सुस्मा न्यौपाने, कविता कुँवर, शिव सुनार, दार्शनिक श्रेष्ठ र प्रदिप के.सी.लाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

सोही अवसरमा ‘आइएसए प्रोजेक्ट’ (इन्टरनेशनल स्कूल अवार्ड) अन्तर्गतको ‘क्रिएटिभ आर्ट प्रोजेक्ट’का सामग्रीहरु पनि प्रदर्शनमा राखिएको थियो ।
प्रदर्शित सामग्रीहरुको अवलोकनपश्चात् बोल्दै जिल्ला शिक्षा अधिकारी शर्माले विद्यार्थीद्वारा निर्मित यस्ता सामग्रीहरुले उनीहरुको सिर्जनशीलता बढाउने मात्र नभई खाली समयको सदुपयोगमा पनि टेवा पु¥याउनुका साथै ती सामग्रीहरुको प्रयोगबाट शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन सकिनेमा जोड दिनुभयो । त्यसैगरी, विद्यालय निरीक्षक पिताम्बर पन्थीले यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने मात्र नभई तिनै सामग्रीहरुको प्रयोगले सिकाइलाई दिगो बनाउन टेवा पु¥याउने बताउनुभयो ।
Students observing clay and paper work
विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीषले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिने उद्देश्यले वर्षैपिच्छिे यस्तो कार्यक्रम गरिँदै आएको जानकारी दिनुुभयो । वर्षदिनभरी सिकेका, जानेका विषय उनीहरुले आफै बनाउन सकुन् र पढेका विषय हेरेर सिकुन् भनेरै यस्तो कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष तिलबहादुर थापाले यस किसिमको प्रदर्शनी आयोजना गरेकोमा शिक्षक तथा विद्यार्थीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जाने बताउनुभयो । -आजको शिक्षाबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D