gulminews logo
बिहीबार, २०८१ बैशाख १३

विदेश गएको दुई दिनमै घर फर्किनु पर्‍यो, ऋण खोजेर कमाउन गएका ऋण खोजेरै फर्किए

प्रेम सुनार
गुल्मी, साउन ३ । धन कमाउने सपना बोकेर बिदेश पुगेको २ दिनमै गुल्मीका एक जना घर फर्किनु परेको छ । नेपालमा शौचालय भत्किएर छोरालाई पुरेपछी रोजगारको सिलसिलामा कतार पुगेको २ दिनमै गुल्मी रिडिका कुमार अधिकारी घर फर्किएका हुन् ।

गएको आषाढ ३१ गते रिडिमा शौचालय भत्कदा गम्भीर घाइते भएका कृतार्थ अधिकारी अहिले जीवन मरणको दोसाँधमा छन् । ३१ गते बिहान करिब ८ बजे तिर शौच गर्न भनि शौचालय प्रवेश गर्नासाथ शौचालय एकाएक ढल्यो । घटनालाई सडकमा हिँडिरहेका प्रत्यक्षदर्शीहरुको सहयोगमा तत्काल उद्दार गरियो । तर इटा र कंकृटले बनेको शौचालय भएका कारण यसले कृतार्थलाई गम्भीर घाइते बनायो ।

उपचारका लागि तत्काल रिडि स्वास्थ्य केन्द्रमा लगियो र प्राथमिक उपचार पछि उनलाई त्यहाँबाट थप उपचारका लागि पाल्पा स्थित मिसन अस्पताल लगिएको थियो । मिशन अस्पतालले पनि उपचार गर्न नसक्ने भएपछि पाल्पाकै प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको थियो । घटनामा कृतार्थको शरिरको थुप्रै भागहरुमा चोट देखिए पनि टाउकोमा गम्भीर चोट लागेको थियो । अस्पतालमा सिटिस्क्यान रिपोर्ट्ले उनको टाउकोको हड्डी फुटेको र दिमागमा असर परेको देखिए पछि तत्काल उनको अपरेसन गरिएको थियो । अपरेसनको ५ दिन बितिसक्दा पनि उनी अचेत अबस्थामा रहेका छन् ।

किर्ताथका वावु कुमार अभिकारी धन कमाउने सपना बोकेर कतार उडेका थिए । कतार पुगेर झोला कपडा मिलाउन नपाउँदै छोरा पुरिएको खवर पाए । कस्तो दुर्भाग्य ? ऋण काढेर कमाउन गएका उनि गएको दुई दिनमै घर फर्केका छन ।

भावविहल उनि वोल्न खोज्दा गलाअवरुद्ध पार्छन । लाखौं ऋणको भारी बोकेर त्यहाँ पुगेका उनि आफन्तसंग अर्को ऋणको भारी बोकेर फर्किनुपरेको छ । बिदेशमा रहेका उनका आफन्त टिका अधिकारी भन्छन्, “ठेकेदारको चरम लापर्वाही र प्रशासनको समेत हेलचाक्राईले यति पिडादायी लाग्दो घटना घटेको हो ।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D