gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

विकृति र अस्थिरता चाहनेका लागि प्रचण्ड र माधव गोटी बने : प्रदीप ज्ञवाली

अनिल खत्री
१९ पुस, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमालेको सरकारलाई पूरा समय टिक्न नदिन प्रचण्ड र माधवकुमार नेपाल गोटि बनेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रममा नेता ज्ञवालीले विकृति र अस्थिरता चाहने शक्तिका लागि प्रचण्ड र माधवकुमार नेपाल गोटि बनेको आरोप लगाए ।

पूर्वमन्त्री समेत रहेका ज्ञवालीले नेकपा एमाले सरकारमा नहुदा पनि जनपयोगि काम गरेका कारण एमालेमा जनलहर बढेको बताए । राष्ट्रियता र जनजिविकाका लागि सरकारमा रहँदा पनि नरहँदा पनि आफ्नो अभियानमा जुटिरहेको बताए ।

एमाले पार्टी सत्तामा भएर बलियो नभएको बताए । उनले नेकपा एमाले जनको मनमा भएर बलियो भएको बताए । राज्यका साधन श्रोतको दोहोन गरेर कहिले पनि दुरुपयोग नगरेको बताए ।

एमालेले नेतृत्व गरेको गरेका सरकारको अहिलेसम्मै इतिहास राज्यका श्रोत साधनको दुररुपयोग नरहेको उल्लेख गरे । बर्तमान गठबन्धनको सरकार जतिदिन बस्छ त्यतिदिन जनघाति काम हुने बताए । उनले बर्तमान परमादेशको सरकार र गठबन्धनका नेताहरु मात्रै एमाले र केपी ओलीलाई गाली गर्ने बाहेक अरु एजेन्डा नभएको ज्ञवालीले बताए । एजेन्डा बिहिन सरकारलाई धेरै समय राख्नु भनेको जनघाति काम मात्रै हुनेभएकाले मुलुक छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D