वामी मैदानका विश्वकर्मालाई शौचालय हस्तान्तरण

कौरव खत्री
गुल्मी ११,कार्तिक । गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदान निवासी अर्जुन बहादुर विश्वकर्मालाई शौचालय बुधवार हस्तान्तरण गरिएको छ । शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भूषालले समाज परिवर्तन गर्नका निमित्त समुदायकै मानिसहरु क्रियाशिल हुनु पर्ने बताउनु भयो ।

साथै अधिकृत भूषालले सामाजिक विकासका विभिन्न आयामहरुमध्ये शिक्षा,स्वास्थ्य, खानेपानी र सरसफाई भएको बताउदै भूषालले समाज विकासको पाटो कमजोर भयो भने विकास अपाङ्ग हुने बताउनु भयो । त्यस्तै भूषालले समाज सेवाको भावना मन देखी नै आउनु पर्ने बताउनु भयो । साथै उँहाले कलिलो उमेरमै समाजसेवामा लागेर निरन्तर सक्रिय रहेका सञ्चारकर्मी दिपक नेपालीको प्रशंसा गनुभयो ।

साथै शौचालय हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटाले विश्वकर्मालाई शौचालय र खानेपानीको व्यवस्था भैसकेकोले अव छिट्टै विश्वकर्मालाई विद्युत जडान कार्य अगाडी बढाउने भन्दै अध्यक्ष सापकोटाले सामाजिक सचेतनाका कार्यक्रमहरु अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।

विगत लामो समयदेखी घरमा शौचालय नहुदा समस्या भोगिरहेका विश्वकर्मा परिवार दिसा पिसावको लागि बारी तथा छिमेकीको शौचालयमा जानुपर्ने बाध्यता रहेको बेला अर्जुन बहादुर विश्वकर्मा परिवारलाई सञ्चारकर्मी एंव सामाजिक अभियान्ता दिपक नेपालीले आफ्नो एकल आर्थिक सहयोगमा रु.२३ हजार खर्च गरेर शौचालय निर्माण गरिदिनुभएको छ । घरमा नँया शौचालय निर्माण भएपछि दिसा पिसा गर्नका लागि अव कतै धाउनु नपर्ने भन्दै कमला विश्वकर्माले निकै खुशी लागेको बताउनु भयो । साथै शौचालय निर्माणमा समाजसेवी कमल बरालले व्यवस्थापनमा सहयोग पु¥याउनु भएको थियो ।

हस्तान्तरण कार्यक्रममा सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर,प्रकाश घिमिरे,पत्रकार, सुरज नेपाली लगायत समाजसेवी,स्थानीयवासीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले गनुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ