वामी बिश्व सम्पर्क मञ्च काठमाडौँको पुनर्गठन: अध्यक्षमा लोहनी, चैत्र १ मा पिकनिक

अनिश शर्मा गैरे
काठमाडौ, १८ फागुन । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ र८ साविक वामी घर भै गाउँबाट बाहिर रहेका वामीबासिहरुको सँस्था वामी बिश्व सम्पर्क मञ्चको काठमाडौ शाखाको पुनर्गठन गरिएको छ ।
बेद प्रसाद लोहनीको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा खड्क बहादुर खराल, उपाध्यक्षमा कोपिला बज्राचार्य, सचीवमा अनिश शर्मा गैरे (हेमलाल), सह सचीवमा कल्पना थापा, कोषाध्यमा भूगोल सापकोटा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा सुरज सापकोटा, विवेक काफ्ले, भरत खराल रहनुभएको छ भने अन्य सदस्यहरु र सल्लाहकारहरुको मनोनयन पछि गरिने छ ।

बैठकले वामीबाट काठमाडौ आइ विभिन्न पेशा व्यवसायमा संलग्न रहनुभएका वामीबासीहरुको संयुक्त वनभोज कार्यक्रम आगामी चैत १ गते (शनिबार) आयोजना गर्ने पनि निर्णय गरेको छ । जसको लागि बेद प्रसाद लोहनी संयोजक,अनिश शर्मा गैरे( हेमलाल), भुगोल सापकोटा, कल्पना थापा सापकोटा, कोपिला बज्राचार्य, सुरज सापकोटा, विवेक काफ्ले, भरत खराल, सन्दीप सापकोटा र समुद्र काफ्ले सदस्य रहने गरी आयोजक समिती गठन गरिएको छ ।

मंचका उपाध्यक्ष प्रा.डा.जिवलाल सापकोटा ज्युको अध्यक्षतामा सम्पन्न भएको बैठकमा वामी बिश्व सम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य बैकुण्ठ रायमाझी को विषेश उपस्थिती सहित प्रा.डा जिवलाल सापकोटा, प्रा.डा. ज्ञान बहादुर थापा, राम बहादुर केसि,कोपिला बज्राचार्य,बेद प्रसाद लोहनी,कल्पना सापकोटा थापा,सुरज सापकोटा ,विवेक काफ्ले ,भुगोल सापकोटा लगायत को उपस्थिति रहेको थियो।
सो बैठकले आउने चैत्र १ को बनभोज कार्यक्रम भव्य रुपमा सफल पार्न सबै मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरुमा वामीबासी हरुको सँस्थालाइ अझै सुदृढ बनाएर अघि बढ्ने निर्णय गरिएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ