वामीमा खुल्ला वादविवाद प्रतियोगीता सम्पन्न, ८ बिद्यालयद्वारा प्रतिस्पर्धा

सागर भण्डारी
फाल्गुण,७ गुल्मी । वामी विश्व सम्पर्कमञ्च साँस्कृतिक समिति मुसिकोट नगरपालिका ७ वामीको आयोजनामा कक्षा १० सम्मका विद्यालयहरुको खुल्ला वादविवाद प्रतियोगीता सम्पन्न भएको छ ।

समितिका अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षतामा सम्पन्न प्रतियोगीतामा ८ वटा विद्यालयले सहभागीता जनाएका थिए । जसमध्ये नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसिकोट ५ ईन्द्रेगौँणा प्रथम, त्रिभुवन नमुना माध्यमिक विद्यालय बडीगाड गाउँपालिका खर्बाङ द्धितिय एवम् यूनिक चिल्ड्रेन ऐक्याडेमी मुसिकोट ६ कुर्घा र जनज्योति माध्यमिक विद्यालय मुसिकोट १ अरेवा तृतीय भएका छन् । भने उत्कृष्ट वक्ताको रुपमा श्री दुर्गा भवन माध्यमिक विद्यालयका विद्यार्थी रोशन वि.क पुरस्कृत भएका छन् ।

प्रतियोगीतामा प्रथम हुने विद्यालयले नगद रु ५ हजार ५ सय ५५ र प्रमाण पत्र, द्धितिय हुने प्रतियोगीले ३ हजार ३ सय ३३ रुपैयाँ र तृतीय हुने विद्यालयले नगद रु २ हजार २ सय २२ रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।

उक्त अवसरमा बौल्दै मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले पछिल्लो समय नगरपालिकाले शिक्षाको क्षेत्रमा लगानी बढाउँदै लगेको बताउँदै गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधार विकासमा नगरपालिकाले भरपुर मद्धत गर्ने बताउनुभयो । त्यस्तै उहाँले मुसिकोट नगरपालिकाका २ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा आउनु शैक्षिक उपलब्धीका रुपमा लिन सकिने बताउँदै आगामी आर्थिक वर्षमा थप एक विद्यालयमा कृषि तर्फको प्राविधिक शिक्षा सञ्चालनको तैयारी भईरहेको जानकारी दिनुभयो । प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयलाई नगरपालिकाले एकमुष्ट ५० लाख रुपैयाँ सगैं अन्य भौतिक पूर्वाधारमा समेत सहयोग गर्दै आईरहेको उहाँको भनाई छ ।

कार्यक्रममा वक्तृत्वकला प्रतियोगीतामा नेपाल प्रथम हुन सफल विक्रम पन्थीलाई सम्मान गरिएको थियो । त्यस्तै कलाकार मिनु बिसीको पनि साँगीतिक प्रस्तुती रहेको थियो ।

वामी विश्व सम्पर्क मञ्चका कोषाध्यक्ष महेश्वर घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, कृष्णहरी आँखा उपचार केन्द्रका कृष्णहरी सापकोटा, मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख देविराम शर्मा, स्रोत व्यक्ति चुरा बहादुर छन्त्याल, वामी विश्व सम्पर्क मञ्चका उपाध्यक्ष डिलाराम खराल, नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव विष्णु कुमारी सापकोटा, वामी विश्व सम्पर्कमञ्च अमेरीका शाखा अध्यक्ष हरिनारायण सापकोटा, कोरीया शाखा प्रमुख धु्रव केसी, उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्य, कोषाध्यक्ष गोपिकृष्ण खरेल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वामी विश्व सम्पर्क मञ्च मूल समिति सचिव रामचन्द्र सापकोटाले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ