gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

वागी उम्मेदवारलाई गर्‍यो एमालेले कारवाही

अनिल खत्री
२४ वैशाख, गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ मा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका रामलाल बिकलाई नेकपा एमाले गुल्मीले कारवाही गरेको छ । उक्त वडामा नेकपा एमाले पार्टीले वडाअध्यक्ष पदमा नवराज बिकलाई उम्मेदवार बनाएको छ । रामलाल बि.क गत स्थानीय चुनाब २०७४ मा नेकपा एमाले बाट वडा अध्यक्ष पदमा चुनाव लडेर जितेका थिए ।

पार्टीबाट पुनः टिकट नभएपछि निर्वतनमान वडाअध्यक्ष रामलाल बिकले अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारि दिएका छन् । पार्टीले पटक–पटक सम्झाउदा पनि उम्मेदवारी फिर्ता लिन नमानेपछी नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटीले कारवाहीको माग गर्दै जिल्ला कमिटिलाई सिफारिस गरेकोले थियो ।

नेकपा एमाले गुल्मी जिल्ला अध्यक्षका अध्यक्ष बालसिंह काउछाद्धारा कारवाही पत्रमा पार्टीको आधिकारीक उम्मेदवार बिरुद्ध वागी उम्मेदवारी दिई प्रचारप्रसारमा लागेको पार्टीले आरोप लगाएको छ । पार्टी बिधानको धारा ८ को उपधारा ‘१’ को ‘ख’बमोजिम रामलाल बिकलाई कुनै पनि संगठन र पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टिबाट निस्कासन गरिएको एमाले गुल्मीले जनाएको छ ।

कहिले एकीकृत समाजवादिका कार्यक्रम त कहिले माओवादी केन्द्रका कार्यक्रम र बैठकहरुमा सहभागी हुँदै आएको पार्टीले अरोप लगाएको छ । नेकपा एमाले पुर्व जिल्ला कमिटी सदस्य समेत रहेका रामलाल पछिल्लो समय आफू एमालेमै रहेको उल्लेख गरेका थिए ।

एमाले मै रहेर सक्रिय हुने फेसबुक स्टाटस लेखेर एमालेमै देखिएका बिकले दोस्रो पटक पनि वडा अध्यक्षको आकंक्षी रहेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D